प्रदेशबागमतिसमाचार

बजेटको अभावमा युद्धसंग्राहलय निर्माण रोकिदैन : फुयाल

सिन्धुली, २७ माघ २०७७

राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयालले सिन्धुलीगढीमा निर्माणाधिन युद्धसंग्राहलयको निर्माण कार्य बजेटको अभावले नरोकिने बताउनु भएको छ ।

सोमबार निर्माणाधिन युद्धसंग्राहलयको निरिक्षण पछि उहाँले भन्नुभयो ‘मैले युद्धसंग्राहलय निर्माणमा बजेट अभाव भएको भन्ने जानकारी प्राप्त गरेको छु, तर बजेटको अभावमा युद्धसंग्राहलयको निर्माण कार्य रोकिने छैन् ।’

यो नेपाल सरकारको उच्च महत्वका साथ निर्णण गरेको युद्धसंग्राहलय भएकाले बजेट सकिएर निर्माण कार्य रोकिन्छकि भन्ने अन्योलमा नपर्न उहाँले आग्रह गर्नुभयो । बनेका संरचना बर्षौ–बर्ष सम्म टिक्ने गरि बनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘यहाँ बनेका सवै संरचना मापदण्ड अनुसार बन्नु प¥यो, बजेटको कमी हुन दिइने छैन, म काठमाण्डौ फर्के लगत्तै बजेटका विषयमा पहल गर्नेछु ।’
देशलाई नै स्वतन्त्र देशका रुपमा स्थापित गराउने स्थल सिन्धुलीगढीमा बन्ने युद्धसंग्राहलयलाई नेपाल सरकारले प्राथमिकतामा राखेको स्मरण गराउदै, तत्कालिन अवस्थाको जीवन्त दिने कार्य यस युद्धसंग्राहलयले गर्नुपर्छ उहाँले भन्नुभयो ।

फुयाँललाई नेपाली सेनाको ९ नम्बर बाहिनिका बाहिनीपति धु्रव शाहले युद्ध संग्राहलयको निर्माणकाको हाल सम्मको प्रगतिका बारेमा जानकारी गराउनुभएको थियो । सो क्रममा बाहिनिपती शाहले फुयाललाई रकमको अभावमा युद्ध संग्राहलयको निर्माण कार्य रोकिन सक्ने भएकाले यस तर्फ आवश्यक पहल गर्न आग्रह गर्नुभएको थियो ।

युद्धसंग्राहलयको निरिक्षण पछि प्रतिक्रिया दिदै राष्ट्रिय योजना आयोगका सदस्य फुयालले भन्नुभयो ‘राष्ट्रिय योजना आयोगको अनुगमन तथा मुल्याङकन महाशाखाबाट नेपाल सरकारले गरेका विभिन्न किसिमका योजना, आयोजनाको मापदण्ड अनुसार भए नभएको भन्ने हेर्ने काम गर्दछ ।’ त्यस अनुसार हामीले निरिक्षण गरेका छौ । हेर्दा निर्माण भएका संरचना संतोषजनक नै रहेको छ ।

व्रिटिस सेनालाई परास्त पार्दै नेपाललाई स्वतन्त्र बनाई राख्न योगदान पु¥याएको स्थल भएकाले यहाँको विगतको इतिहासलाई जीवन्त यस युद्धसंग्राहलयले दिने समेत उहाँको भनाई छ ।

उहाँले युद्धसंग्राहलय निर्माणमा बजेटको अभाव हुनेछैन, तपाईहरुले गुणस्तरमा कमी हुन दिनु भएन, बलियो र गुणस्तर र अन्तराष्ट्रिय जगतलाई समेत आर्कषण गर्ने गरी युद्धसंग्राहलय निर्माण कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।  युद्धसंग्राहलयको निरिक्षण पछि २ नं. प्रदेशका विभिन्न जिल्लामा संचालनमा रहेका प्रधानमन्त्रि रोजगार कार्यक्रमको अनुगमन गर्न समेत फुयालले जानकारी दिनुभयो ।

Comment here