प्रदेशसमाचार

कमला सामुदायिक पुस्तकालयको साधारणसभा सम्पन्न

सिन्धुली,२३ माघ / कमला सामुदायिक पुस्तकालय कमलामाई नगरपालिका–४ को छैटौ साधारणसभा शुक्रवार सम्पन्न भएको छ । अधिवेशनले कमला माध्यमिक बिद्यालय ढुङग्रेबासका ब्यवस्थापन समिति अध्यक्ष उपेन्द्र कुमार पोख्रेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

बिद्यान अनुसार अध्यक्षमा कमला मा.वि. ढुङग्रेबासको अध्यक्ष र कोषाध्यक्षमा सिन्धुली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख स्वात चयन हुने ब्यवस्था रहेको छ । पुस्तकालयको उपाध्यक्षमा विश्वनाथ बराल, सचिवमा रेसम पोख्रेल, सह सचिवमा मञ्जु देवकोटा र कोषाध्यक्षमा सारदा मणि खड्कालाई चयन गरिएको निर्वाचन मण्डलले जनाएको छ ।

त्यस्तै सदस्यहरुमा नारायण प्रसाद प्याकुरेल, इश्वर बस्नेत, सतिस चन्द्र ढकाल, बावुराम देवकोटा र सन्तोष दाहाललाई चयन गरिएको जनाईएको छ । कार्यसमितिका बाकी ३ महिला सदस्यहरु पछि चयन गरिने नवनिर्वाचित अध्यक्ष पोखरेलले बताए ।
पुस्तकालयका अध्यक्ष राज कुमार कार्कीको सभापतीत्वमा भएको साधारण सभा तथा अधिवेशनको उद्धघाटन पुस्तकालयका संस्थापक अध्यक्ष अमरदिप देवकोटाले गरेका थिए ।

कार्यक्रमको अवसरमा पुस्तकालयमा ३० बर्ष भन्दा बढी सक्रिय योगदान पु¥याए बापद संस्थापक अध्यक्ष अमरदिप देवकोटालाई दोसल्ला ओढाएर र प्रसंसा पत्र प्रदान गरि सम्मान गरिएको छ ।

Comment here