प्रदेशराजनीतिसमाचार

अनेरास्ववियु सिन्धुलीको अध्यक्षमा दिपेन्द्र फुयाल चयन

सिन्धुली, ११ माघ २०७७

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिन्धुलीको अध्यक्षमा दिपेन्द्र फुयाल चयन हुनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधवकुमार नेपाल पक्षको भातृ संगठन अनेरास्ववियु सिन्धुलीको अध्यक्षमा उहाँ चयन हुनु भएको हो ।

स्रोतका अनुसार नेपाल पक्षको जिल्ला कार्यलय टिमको बैठकले दिपेन्द्रलाई विद्यार्थीको अध्यक्षको जिम्मेवारी दिईएको हो । भने सह–संयोजकमा भानुभक्त श्रेष्ठलाई नै कायम गरिएको छ ।

जिम्मेवारी पाउनु भएका अनेरास्ववियु सिन्धुलीका अध्यक्ष फुयालले पार्टीको विचार र सिद्धान्त अनुसार अघि बढ्न् सरोकार खबरलाई जानकारी दिनुभयो । उहाँले विद्यार्थीहरुको ढुकढुकी बनेको संगठनमा सवै विद्यार्थीहरुलाई एकृ ितगर्दै नेकपालाई बलियो शक्ति बनाउने बताउनुभयो ।

Comment here