खेलप्रदेशसमाचार

मेयरकप फुटवल प्रतियोगितामा कमलामाईका वडा नं. २, ९ र १० विजयी

सिन्धुली, ११ माघ २०७७

नकआउट चरणमा खेलाईएको प्रथम मेयर कप फुटबल प्रतियोगितामा आइतबार तीन खेल सम्पन्न भएको छ ।

आइतबार वड नम्बर ५–९, २–४ र ८–१० विच खेल सम्पन्न भएको हो । प्रतियोगिताबाट वडा नं. ९, ४–२, वडा नम्बर २, १–० र वडा नम्बर १०, २–१ गोल अन्तरले विजयी भएको कमलामाई नगरपालिकाका नगर खेलकुद विकास समिति अध्यक्ष दिपेन्द्र फुयाँलले जानकारी दिनुभयो ।
प्रतियोगितामा सोमाबार ११ बजे वडा नम्बर २ र ६, दिउँसो १ बजे वडा नं. ९ र १० विच खेल हुने उहाँले जानकारी दिनुभयो ।

Comment here