प्रदेशबागमतिसमाचार

श्रीमानको बञ्चरो प्रहारबाट श्रीमतीको मृत्यु

सिन्धुली, १० माघ २०७७

सिन्धुलीकी एक महिलाको शनिबार उपचारको क्रममा जिल्ला अस्पताल हेटौडा मकवानपुरमा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका १ चिसापानी निवासि अन्दाजि ३६ बर्षिया रमामाया घलानको मृत्यु भएको हो ।

शुक्रबार राती आफ्नै श्रीमान ४० बर्षिय शेरबहादुर भुजेलले बन्चरोको पासोले हिर्काउदा गम्भिर घाइते भएकी रमामायाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

श्रीमतीलाई बन्चरोको पासोले हिकाएई फरार रहेका शेरबहादुरको खोजी भै रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Comment here