प्रदेशसमाचार

सोलाभञ्ज्याङमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, चालक घाइते

सिन्धुली, १० माघ २०७७

विपि राजमार्ग अन्र्तगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ सोलाभञ्ज्याङमा बोलेरो दुर्घटना हुँदा बोलेरोमा सवार महोत्तरीको रामगोपालपुर नगरपालिका ५ कन्चनपुर बस्ने ४१ बर्षिय बसन्त मुखियाको मृत्यु भएको छ ।

मुखियालाई उद्धार पछि उपचारको लागि सिन्धुली अस्पतालमा ल्याएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

यस्तै दुर्घटनामा बोलेरो चालक धनुषाको गोबिन्दपुर ६ बस्ने अन्दाजि २२ बर्षिय सिजल यादब गम्भीर घाईते हुनु भएको छ । उहाँको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाण्डौ लगिएको छ ।

सिन्धुलीबाट खुर्कोट तर्फ जाँदै गरेको ज १ च १३५४ नं.को बलेरो आफै अनियन्त्रित भई सडक बाट अं २० मिटर तल खसेको थियो ।

Comment here