प्रदेशसमाचार

हरीहरपुरगढीमा बजार अनुगमन

सिन्धुली, १० माघ २०७७

घरेलु तथा साना उद्योग विकास समिति सिन्धुलीले जिल्लाको हरीहरपुरगढी गाउँपालिकामा रहेका व्यापारिक प्रतिष्ठानहरुको अनुगमन गरेको छ । हरीहरपुरगढी गाउँपालिकामा रहेका व्यापारिक प्रतिष्ठान मध्ये १५ वटा विभिन्न प्रकारका पसलहरुको अुनगमन गरेको घरेलु तथा साना उद्योग विकास समिति सिन्धुलीका सूचना अधिकारी माधब वगालेले बताउनुभयो ।

गाउँपालिका केन्द्रमा रहेका किराना पसल, होटल, हार्डवयर,भेटनरी पसल, मासु पसल, फेन्सि पसलहरुको अनुगमन गरेको बगालेले बताउनुभयो । शुक्रबार गरिएको अनुगमनका क्रममा चार वटा पसलहरु दर्ता नभएको पाईएको पनि उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयका अधिकृत उपेन्द्रप्रसाद न्यौपानेको नेतृत्वमा गएको टोलिले टोलिले अनुगमनका क्रममा केही म्याद नाघेको सुजीको पिठोहरु बरामद गरी नष्ट गरिएको बताईएको छ ।

 

Comment here