प्रदेशसमाचार

राष्ट्रिय संगितकर्मी संघ सिन्धुलीको अध्यक्षमा लोकमणि

सिन्धुली, ९ माघ २०७७

राष्ट्रिय संगितकर्मी संघ सिन्धुलीको तेस्रो जिल्ला अधिबेशन सिन्धुलीमाढीमा शुक्रबार सम्पन्न भएको छ । ‘हाम्रो कला संस्कृति गौरवपूर्ण सान, कलाकर्मी उत्थानको लागि हाम्रो अधियान’ भन्ने मुल नाराका साथ अधिबेशन सम्पन्न भएको हो ।

सम्पन्न अधिबेसनले लोकमणि तिमल्सिनाको अध्यक्षमा सवैसहमतिबाट ११ सदसिय जिल्ला कार्य समिति चयन गरेको छ । उपाध्यक्षमा डिल्लीप्रसाद घिमिरे, महिला उपाध्यक्षमा अभिलाषा कोइराला, सचिवमा विजय तामाङ, सह–सचिबमा सुजन अधिकारी कोषाध्यक्षमा सरोज सिग्देल रहनु भएको छ । साथै विकल श्रेष्ठ, रञ्जना कोइराला, विज्ञाननाथ शर्मा, सागर अच्छामी, र सुजता अधिकारीलाई सदस्यमा चयन गरिएको छ ।

Comment here