प्रदेशबागमतिसमाचार

बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, ५ घाइते

सिन्धुली, ६ माघ २०७७

सिन्धुलीको डकाहा बाट चकमके तर्फ जाँदै गरेको स १ च १६७७ नं.को डबल क्याप बलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अरु पाँच जना घाइते भएका छन् ।

बलेरो आफै अनियन्त्रित भई सडक छेउको नालामा पल्टदा तीनपाटन गाउँपालिका ११ निवासि अन्दाजि ६५ बर्षिया चम्पामाया तिमल्सिनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

यस्तै दुर्घटनामा दुधौलि नगरपालिका .४ बनधारा निवासि ३२ बर्षिया सतिनि माया तामाङ, सोहि ठेगाना भएका ७० बर्षिय प्रेम लाल श्रेष्ठ, दुधौलि नगरपालिका ३ कालापानी निवासि ५३ बर्षिय पृथ्वीनारायण श्रेष्ठ, दुधौली नगरपालिका ६ हर्षाही निवासि ५५ बर्षिया दुर्गा श्रेष्ठ र तीनपाटन गाउँपालिका १० वाङरिङ निवासि ६३ बर्षिया मनमाया गौतम घाइते हुनु भएको थियो । घाइतेहरुको उपचार पश्चात डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Comment here