प्रदेशसमाचार

सिन्धुलीमा रुखबाट लडेर एकको मृत्यु

सिन्धुली, ६ माघ २०७७

सिन्धुलीमा मंगलबार रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । तीनपाटन गाउँपालिका १ झुँगा निवासि अन्दाजि ५५ बर्षिय पूर्णबहादुर रईका मगरको मृत्यु भएको हो ।

घर नजिकैको जंगलमा घाँस काटन गएका पूर्णबहादुरको रुखबाट लडेर मृत्यु भएको वडा अध्यक्ष गोविन्द राउतले जानकारी दिनुभयो । अवेर सम्म घर नआएपछि खोज्न जाने क्रममा पूर्णबहादुर रुखबाट लडि मृत अवस्थामा फेला पारिएको उहाँले जानकारी दिनुभयो । घटनाबारे प्रहरीलाई जानकारी गराईएको उहाँले जानकारी दिनुभयो ।

 

Comment here