प्रदेशराजनीतिसमाचार

गणेश पहाडीलाई आफ्नै भुगोलका जनताको भावन बुझन शन्तिमानको आग्रह

सिन्धुली, ५ माघ २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य शान्तिमान कार्कीले आगामि बैशाखमा हुने निर्वाचनको तयारी थाल्न कार्यकर्तालाई निर्देशन दिनु भएको छ । बैशाखमा प्रतिनिधि सभाको निर्वाचन हुने भएकाले कार्यकर्तालाई एक मन एकताको साथ लाग्नको लागि आग्रह समेत गर्नु भएको हो ।

सोमाबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुली जिल्ला सम्मेलन आयोजक सदस्यहरुलाई फिक्कल गाउँपालिकामा सपथ खुवाउदै यस्तो बताउनु भएको हो । गाउँपालिका कमिटि अध्यक्ष रामप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्कीले केपि ओलिले लिएको तजा जनादेशमा जाने निर्णय स्वागत योग्य भएको बताउनुभयो ।

नेकपा केन्द्रीय सदस्य शान्तीमान कार्कीले सोमबार फिक्कल मा आयोजित एक कार्यक्रममा फिक्कल गाउँपालिका बाट मानोनित सदस्य हरुलाई सपथ ग्रहण गराउनु भएको हो ।

कार्कीले नेकपा केन्दीय सदस्य तथा सिन्धुली क्षेत्र नं. १ प्रतिनिधीसभा सदस्य गणेश पहाडीलाई पनि ओली नेतृत्वको नेकपामा आउनको लागि आग्रह गर्नु भएको छ । कार्कीले नेता पहाडीलाई आफ्नै भुुगोलको जनताको मन बिभाजीत नगरेर बस्नको लागि समेत आग्रह गर्नुभयो । उहाँले भन्न्ुभयो ‘पहाडीलाई हामीले नै मतदान गरेर निर्वाचित गराएका हौ, त्यसैले उहाँ हाम्रो आदरणीय नेता भएकाले भुुगोलको परिबेश अनुुसार ओली समुुहमा नै आउनको लागि आग्रह गर्दछुु ।’

फिक्कल गाउपमलिकाले नेकपा टुुटफुटको अनत्यको सन्देश दिदै एउटा नमुुना एकताको काम गरेको समेत बताउनुभयो उहाँले बताउनुभयो ।

Comment here