प्रदेशसमाचार

कमलामाईद्धार पुराना व्यक्तिगत घटना दर्ता अनलाईनमा प्रविष्ट गर्ने कार्य सम्पन्न

सिन्धुली ५ माघ २०७७

सिन्धुलीको कमलामाई नगरपालिकाले व्यक्तिगत घटना दर्ता अनलाईन प्रणालीमा प्रविष्ट गरेको छ । पुराना दर्ता अभिलेखलाई सुरक्षित गर्न व्यक्तिगत घटना दर्तालाई अनलाईन प्रणलिमा प्रविष्टि गरेको हो ।

सोमबार आयोजित एक कार्यक्रम मार्फत विगत देखी हाल सम्म कमलामाईको पञ्जिकरण शाखामा दर्ता भएका व्यक्तिगत घटना दर्ता कितावको डिजिटाइजेसकन अनलाइनमा दर्ता कार्य सम्पन्न गरेको छ ।

डिजिटाइजेसन कार्यको समापन कार्यक्रमलाई संबोधन गर्दै कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले पुराना व्यक्तिगत घटनाहरुलाई विभागको प्रणालीमा प्रविष्ट गरि देशको उत्कृष्ट स्थानीय तहहरु मध्य पहिलोमामा पर्न सफल भएको बताउनु भयो । कमलामाई लाई देशकै पहिलो पालिकाका रुपमा चिनाउन सहयोग गर्ने सेवा प्रदायक जेके ट्रेडर्स, सेवा इकाईका प्राविधिक, कर्मचारी धन्यवाद दिनुभयो । आगामी दिनमा यस कार्यले जताहरुले हराएको आफ्ना व्यक्तिगत घटनाको विवरण सहज रुपमा पाउने उहाँले वताउनु भयो ।
कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकालले नेपाल सरकारले सुरु गरेको यस कामले पुराना दर्ता कितावमा खोज्नुपर्ने र नष्ट हुने समस्याको समाधान भएको बताउनु भयो । यस्ता कार्यले जनताहरुको लागी सेवा प्रवाह गर्ने निकायलाई सहजता दिने बताउनुभयो ।

कमलामाईले ७९०७७ वटा व्यक्तिगत घटना जन्म, मृत्यु, विवाह, वसाईसराई र सम्वन्धविच्छेद लाई राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले व्यवस्था गरेको नियम अनुसार प्रविष्ट गरिएको जेके ट्रेडर्सका व्यवस्थापक उद्धव श्रेष्ठले जानकारी दिनुभयो । अनलाईनमा घटना दर्ता गर्ने सेवा प्रदायकका १३ जना प्राविधिक कर्मचारीहरुलाई कमलामाई नगरपालिकाले दोसल्ला ओढाई सम्मान पत्रका साथ विदाई गरेको छ ।

सो कार्य सम्पन्न गर्नका लागि सहयेग गर्ने सेवा इकाईका प्राविधिक कर्मचारी अलिशा खत्री क्षेत्री, भानुभक्त श्रेष्ठ र रेवतीराज देवकोटालाई जेके ट्रेडर्सले प्रशंसापत्र प्रदान गरेको थियो ।

सेवा प्रदायकका व्यवस्थापक उद्धब श्रेष्ठलाई पनि कमलामाई नगरपालिका मेयर खड्गबहादुर खत्रीले व्यक्तिगत घटना दर्ता कितावको डिजिटाइजेसकन अनलाइनमा दर्ता समयमा नै गरेको भन्दै प्रशंसा पत्र प्रदान गर्नु भएको थियो ।

 

Comment here