प्रदेशराजनीतिसमाचार

प्रचण्ड–नेपाल पक्ष छाडेर फिक्कलका अध्यक्ष भण्डारी ओलिको पक्षमा

सिन्धुली, ५ माघ २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फिक्कल गाउँ कमिटि अध्यक्ष रामप्रसाद भण्डारीले प्रचण्ड –नेपाल समुह छाडनु भएको छ । यस अघि नेपाल समुहमा उभिनु भएका भण्डारीले नेपाल–प्रचण्ड पक्षलाई छाडेर केपि ओलिले नेतृत्व गर्नु भएको नेकपाको मुल धारमा उभिनु भएको हो ।

सोमबार सत्तारुढ नेकपा सिन्धुलीले फिक्कल गाउँपालिकाको खाङ्खसाङमा आयोजना गरेको सपथ ग्रहण कार्यक्रमको अध्यक्षता गर्दै ओली समुहको कार्यक्रमा समाबेस हुुनुुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले फिक्कल नेकपा एक भएर अगाढी बढ्ने बताउनुुभयो । उहाँले समृद्धिको ग्यारेन्टि गर्ने पाटी नेपाल कम्युनिष्टमा गोल्बन्ध हुनुुपर्ने र फिक्कल नेकपा टुुटफुुट बाट मुुक्त हुुदै एकै ठाउँमा एकताबद्ध भएर बस्ने प्रतिबद्धता जनाउनुु भएको छ ।

Comment here