प्रदेशशिक्षासमाचार

गुणस्तरीय शिक्षाले देश समृद्ध बन्छ : कटुवाल

सिन्धुली, ५ मघ २०७७

बागमति प्रदेश सभा सदस्य प्रदिप कटुवालले समृद्ध नेपाल बनाउन गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने बताउनु भएको छ । सोमबार तिनपाटन गाउँपालिकामा रहेको माध्यमिक विद्यालय आम्बोटेको शिलन्यस गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो ‘आफु बाल्यकालमा अध्ययन गरेको यस विद्यालयको भौतिक संरचना र शैक्षिक गुणस्तर बृद्धिका सवालमा सक्ने सहयोग, पहल गर्नेछु ।’ अहिलेको सरकारले सुखि नेपाली समृद्ध नेपाल बनाउने लक्ष्य लिएको भन्दै सरकारको सपनालाई पुरा गर्न शैक्षिक क्षेत्रको महत्वपूर्ण योगदान हुने बताउनुभयो । अवको आधुनिक युगमा प्राविधिक शिक्षका माध्यमबाट देशलाई समृद्ध बनाउनु पर्ने उहाँको भनाई थियो । शिक्षा क्षेत्रको पूर्वाधार विकास र गुणस्तर सुधारमा ध्यान दिए मात्र देशको आर्थिक सुधार संभव हुने समेत बताउनुभयो ।‘समुद्ध राष्ट्र निर्माणका लागि जीवन उपयोगी शिक्षामा लगानी’ गर्न पनि आवश्यक भएको औल्याउनुभयो ।

माध्यमिक विद्यालय आम्बोटेको १२ कोठे भवन निर्माण हुने भएको छ । एडिविको ४ करोड ५७ लाखको लागतमा विद्यालयको भवन बन्ने भएको हो ।

Comment here