सिन्धुली, ३ माघ २०७७
सिन्धुलीको तीनपाटन गाउँपालिका ११ ज्यामजिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अरु ४ जना घाईते भएका छन् ।
दुर्घटनामा तीनपाटन गाउँपालिका ११ निवासि ३४ बर्षिइा लालुमाया तामाङको घटना स्थलमा नै मृत्यु भएको जिल्ल प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यमबहादुर खत्रीले जानकारी दिनुभयो ।
निपाटन ११ बस्ने ४० बर्षिय रित बहादुर तामाङ, उहाँको ६ बर्षिय छोरा ढावा दोर्जे तामाङ, सोहि ठेगाना भएका १७ बर्षिया सम्झना तामाङ र ४१ बर्षिय नयन बहादुर तामाङ घाइते हुनु भएको छ ।
शनिबार ज्यामजिमबाट सिमल भङज्याङ तर्फ जाँदै गरेको ना ६ त २७४४ नं.को ट्याक्टर आफै अनियन्त्रित भई सडक बाट अं.२० मिटर तल खसि दुर्घटना भएको बताईएको छ ।
Comment here