राजनीतिसमाचार

नेकपा युवा बौद्धिक समुह तिनपाटनद्धारा समसामयिक विषयमा अन्तरक्रिया

सिन्धुली, ३ माघ २०७७

नेपाल कम्युनिष्ट पार्टी युवा बौद्धिक समुह तीनपाटनले शनिबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । पार्टीको पछिल्लो आन्तरिक कलहका कारण सिर्जित अवस्थाका बारेमा वेलघारीमा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

युवा बौद्धिक समुह तीनपाटनका  गोविन्द राउतका अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा सिन्धुलीका कानुन विभागका नारायण बरालले नेकपाको पछिल्लो घटनाक्रमका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले पार्टीको बैधानिकता, चुनाव चिन्ह र पार्टी अध्यक्ष केपि ओलिले गरेको संसद विघटन संबैधानिक या असंबैधानिक भन्ने विषयमाथि सहभागिलाई जानकारी गराउनु भएको थियो ।

उहाँले विभिन्न कोणबाट विश्लेषण गर्दै, कानुनमा भएका व्यवस्थाका बारेमा समेत जानकारी गराउनु भएको थियो । जसका आधारमा ओलि नेतृत्वको नेकपाले बैधानिकता र चुनाव चिन्ह सुर्य निर्वाचन आयोगले प्रदान गर्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा नेपाल कम्युािनष्ट पार्टी नेकपा तीनपाटनका अध्यक्ष छत्र दाहालले केपि ओलीले ताजा जनादेशमा जाने कदम नेपालीका लागि स्वगत योग्य भएको बताउनुभयो । छलछाम अन्तरकलह गरेर केही नेताहरु सडकमा बसेर सरकारको विरुद्धमा छुट्टा आरोप लगाउदै भ्रम छर्दै हिडेको समेत बताउनुभयो ।
देश र जनताले विश्वास गराएर जिताएर पठाएको भएपनि पद नपाउदैमा दाहाल र नेपालले गरेको गदमले नेपालि जनतालाई धोका दिएकाले यस्ता धोकेबाजको पछि नलाग्न समेत सचेत युवालाई आग्रह गर्नुभयो । ओलिको धारमा गोलबन्द भएर चुनावि अभियानमा होमिन समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा युवा संघ सिन्धुलीका सह–संयोजक देवराज वाईबाले सुखि नेपाली समृद्ध नेपालको सपना देख्ने युवाहरुको आँखामा नेपाल र प्रचण्ड समुहले कालो पट्टी बाध्ने काम गर्न खोजेको आरोप लगाउनु भयो । सरकार विरुद्ध भ्रम फैलाएर युवालाई आर्कषित गर्न खोजिएको भए खबरदार हिजोको जस्तो छलछाम र झुटले आजको युवा तपाईको पछि लाग्ने छैनन् उहाँले भन्नुभयो । सामाजिक संजालमा सरकारले गर्दै नगरेका काम समेत गरो भनेर झुट फैलउने काम उनीहरुले गरेको भन्दै सामाजिक संजालमा संयमित र बैचारिक ढंगबाट विरोध गर्न समेत युवालाई निर्देशन दिनुभयो ।

कार्यक्रममा बुद्धिजिवि नेत्रहरी दुलालले स्वागत मन्तव्इ व्यक्त गर्नु भएको थियो भने नेपाल कम्युनिष्ट पार्टी नेकपा सिन्धुलीका जिल्ला कमिटि सदस्य अजय गिरि, हेमबहादुर श्रैष्ठ, युवासंघ सदस्य पोष्टराज काफ्ले लगाएतले संबोधन गरेका थिए । उनीहरुले प्रचण्ड नेपालको झुटले नेपालीको मन जित्न नसक्ने भन्दै ओलिले देश र जनताको हितमा गरेका कामको बारेमा जनतामाझमा पु¥याउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा गाउँपालिकाका सवै वडाबाट युवा, विद्यार्थी तथा नेकपाका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Comment here