प्रदेशसमाचार

मोटरसाइकल दुर्घटनामा तीन जना घाइते

सिन्धुली, २ माघ २०७७

सिन्धुलीमा बीहिबार भएको मोटरसाईकल दुर्घटनामा तीन जना घाइते भएका छन् । सिन्धुलीको सुनकोसी गाउपउपालिका वडा नं.०२ मझुवादोभान स्थित बि.पि. राजमार्ग सडक खण्डमा विहिबार मोटरसाइकलले मोटरसाइकललाई ठक्कर दिदाा तीन जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले दिनु भएको जानकारी अनुसार सिन्धुली बाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.८३प ७८१८ नम्बरको मोटरसाइकललाई काठमाण्डौ बाट ओखलढुङ्गा तर्फ जाँदै गरेको स.९प १३९४ नम्बरको मोटरसाइकलले अटोलाई ओभरटेक गर्ने क्रममा बा.८३प ७८१८ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा बा.८३ प ७८१८ नम्बरको मोटरसाइकल चालक सिन्धुली गोलन्जोर गाउँपालिका १ बस्ने २४ बर्षिय शन्तोष बस्नेतको हाल ट्रमा सेन्टरमा उपचार भै रहेको छ ।

यस्तै स.९प १३९४ नम्बरको मोटरसाइकल चालक ओखलढुङ्गा सुनकोसी गाउँपालिका ९ बस्ने ३० बर्षिय कुल बहादुर खत्रीको पनि ट्रमा सेन्टरमा उपचार भै रहेको छ । सोही मोटरसाइकलमा सवार कुल बहादुर खत्रीको श्रीमती २४ बर्षिया उर्मिला खत्री दाहिने खुट्टामा चोटलागेको प्रहरीले जनाएको छ ।

घाइतेको उपचारको लागी एम्बुलेन्समा धुलिखेल अस्पताल काभ्रे तर्फ पठाईएकोमा थप उपचारको लागि ट्रमा सेन्टर लगि उपचार भै रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Comment here