प्रदेशसमाचार

स्कारपियो दुर्घटनामा पाँच जना घाइते

सिन्धुली, २ माघ २०७७
सिन्धुलीको फिक्कल गाउँपालिका ६ स्थित मध्यपहाडि लोकमार्गमा बिहीबार स्कारपियो दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । सर्लाही बाट हलेसी तर्फ जाँदै गरेको प्रदेश–०२–०३–००१ च २१८५ नं.को स्कारपियो आफै अनियन्त्रित भई सडकको भित्तामा ठोकिदा ५ जना घाइते भएका हुन ।

दुर्घटनामा सवारी चालक सहित ०९ जना यात्रु रहेकोमा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

सवारी चालक ४० बर्षिय बालमणी मैनाली, सोही ठेगाना भएकाहरु ४० बर्षि सिता कुमारी उप्रेती, ३२ बर्षिय दुर्गा कुमारी मैनाली, १४ बर्षिय सम्राट मैनाली र बिराट मैनाली घाइते भएका छन् । घाइते सवै सर्लाहीको बाग्मती नगरपालिका ११ का रहेको उहाँले जानकारी दिनुभयो ।
घाँईतेहरुको उपचारको लागी जनसेवा हेल्थ केयर प्रा.लि.घुर्मीमा पठाईएकोमा उपचा सबै घाइतेहरु डिस्चार्ज भई हलेसि तर्फ गएको गाडी घटना स्थलमानै रहेको प्रहरीले जनाएको छ ।

 

Comment here