प्रदेशसमाचार

मोटरसाईकलको ठक्करबाट बालक घाइते

सिन्धुली, २ माघ २०७७

दुधौलि नगरपालिका भताईका स्थित भित्रि सडकमा मोटरसाईकलको ठक्करबाट एक बालक घाइते भएका छन् । मोटरसाईकलाको ठक्करबाट दुधौलि नगरपालिका ६ निवासि १० बर्षिय अजिव तामाङ घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यमबहादुर खत्रीका अनुसार स ११ प ४७२४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो ।

घाइते बालकको उपचारको लागी जनकपुर तर्फ पठाईएको प्रहरीले जनाएको छ । बालकको टाउको र घाटीमा चोट लागेको छ भने बालकको अबस्था गम्भिर रहेको उहाँले जानकारी दिनुभयो । ठक्कर दिने सवारी र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

Comment here