प्रदेशसमाचार

बसको ठक्करबाट एकको मृत्यु

सिन्धुली, २ माघ २०७७

दुधौलि नगरपालिका १३ कुमेटारका ७५ बर्षिय लालबहादुर तामाङको बसको ठक्करबाट मृत्यु भएको छ । बिहीबार बसको समान लिन सडक छेउमा उभिएका तामाङलाई बसले ठक्कर दिदा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले दिएको जानकारी अनुसार दुधौलीबाट अरुणठाकुर तर्फ जादै गरेको बा ३ ख २९५६ नं. को बसले ठक्कर दिएको हो ।

तामाङ सोही बसबाट समान लिन सडक छेउमा उभेको बेला बसले ठक्कर दिदा घटना स्थलमानै मृत्यु भएको उहाँले जानकारी दिनुभयो । घटना पछि प्रहरी चौकी दुधौलि र इलाका प्रहरी कार्यालय भिमानबाट गएको प्रहरी टोलिले मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि कटारी अस्पताल पठाईएको छ । बस दुधौलि चौकिमा राखिएको छ भने चालक फरार नै रहेको ।

Comment here