जीवन सैलीप्रदेशसमाचार

नेपालमा थप ४४५ जना संक्रमित

काठमाडौं, २९ पुष ÷ नेपालमा वितेको चौबीस घण्टामा ४४५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । यो संख्या संगै संक्रमितको संख्या दुईलाख ६६ हजार १४३ पुगेको छ ।

वितेको चौविस घण्टामा ४१४ जना कोरोना संक्रमण भएका व्यक्तिहरु निको भएर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म जना भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरिएको छ । नेपालमा हालसम्म दुई लाख ५९ हजार ७७२ जना यस भाइरसबाट संक्रमित भएका व्यक्तिहरु निको भएका छन् ।

कोरोना भाईरसका कारण थप ५ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ९३७ पुगेको बताईएको छ ।

Comment here