साहित्य

किसान

बिहान उठेर गएका उनी
काँधमा हलो र जुवा
हातमा डोको अनि नाम्लो
साझमा पसिना पसिना भएर फर्किन्छन ।

न त भोकको चिन्ता उनलाई
न त पयासको नै
न त कुनै लोभ छ उनलाई
न त कुनै लालचनै ।

मात्र एउटा चाहना
कसैको पेट भोको नरहोस
त्यसैले त उनी
दिन रात नभनी
काम गर्छन्
अनि सबको पेट भराउँछन ।
तर
सबैको बारेमा सोच्ने उनी
आज उनलाई सोध्ने कोहि छैन
त्यो सानो झुपडिमा
मिठो मसिनो केही पाक्दैन
फाटेको त्यो दौरा छोपने
माटो बाहेक केही छैन ।

उनी यहि माटोमा जन्मिए
यहि माटोमा हुर्किए
अनि भोलि त सुखको दिन आउँला
भनेर कुर्दा कुर्दै
यहि माटोमा बिलाए ।

अमिता भण्डारी
लमजुङ नेपाल
गण्डकी प्रदेश

Comment here