साहित्य

हुँदैछ मुटु चरचर

एताबाट सर्यो त्यता,त्यताबाट सर्यो उता
एता त्यता उता गर्दा,बत्ती बाल्दै हिड्यो कता
बिचारको गयो बेला,टेवा टेका लिदे भयो
टेकोको आडमा चड्दै,नेतृत्व तुहुँदै गयो
कुराको बटुली पोका,उपहार चडाउँदा
विश्वासिलो भयो शक्ती,मुख मात्र वडाउँदा
त्यसैमा हुन्छ लाभांश,कस्ले कष्ट उठाउने
छेपारे रङ पोतेर,प्रसाद भेट चडाउने
भविष्य हुन्छ त्यसैमा,सोझो लाटो लडाउँदै
झुटोको भात बोकेर,अघि पछि लगाउँदै
तथास्तु उसको टीका,स्वस्ती स्वस्ती चडाउँदै
हिड्नुमै श्रेष्ट हो आफ्नो,रुप रङ्ग सजाउँदै
गणेश प्रवित्ती फैल्यो,कुमार परि अल्मल
गणेश पहिलो पुज्य,उनैको हुन्छ झल्मल
देखिन्छ त्यहिनै आज,नाम छैन कुमारको
लंका डढाउने यौटा,प्रदक्षिणा छ ढेडुको
सम्मृद्द जनता देश,अलाप नामको छ यो
दाम्लो कसेर कुर्सीमा,ल्याप्चे मात्र भए पुग्यो
चिन्ता कस्को छ गर्ने को,निमुखा निम्सरा बरा!
टुल्टुल्ती हेर्नू मात्रै हो,कैँलेटी ओठका गरा
आशाको दिपमा ढाक्यो,हुस्सो लाग्यो सरासर
के हेतु हिड्नु हो आज,हुँदैछ मुटु चर्चर
दशऔंलि चडाएर,विनित भावमा यहाँ
बाचा गर्दै हिडेकाले,पर्यौ आफैँ फसादमा
२०७७ ०९ २८ गते

Comment here