गण्डकीप्रदेशराजनीतिसमाचार

अमानविय अभिव्यक्ति दिनेलाई कारबाहीको माग गर्दै अनेमसंघले बुझायो ज्ञापन पत्र

सिन्धुली, २८ पुष २०७७

अखिल नेपाल महिला संघ जिल्ला कमिटि सिन्धुलीले सिंगो महिला समुदाय माथि अपमान गर्नेलाई कारबाहीको माग गर्दै मंगलबार ज्ञापन पत्र बुझाएको छ ।

मार्फत गृहमन्त्रालमा जिल्ला अध्यक्ष पार्वती सुनुवारले प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे मार्फत ज्ञापन पत्र बुझाउनु भएको हो ।
जिल्ला अध्यक्ष पार्वती सूनुवारले हस्ताक्षर गरेको उक्त ज्ञापन पत्रमा दुई तिहाई बहुमतको सरकारलाई महत्वकांक्षि नेताले समस्या सिर्जना गरि आफ्नै दलबाट षड्यन्त्र गरिएको र त्यसको विरुद्धमा जनादेशको अधिकार जनतामा नै फर्काउने ताजा जनादेशमा जाने गरि २०७८ बैशाख १७ र २७ गते निर्वाचन गर्ने निर्णय भएको उल्लेख गरिएको छ ।

त्यसपछि केही राजनैतिक दलले सो निर्णयको विरोधमा संघर्षमा उत्रिएको र सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा नारा, विद्युतीय तथा सामाजिक संजालमा देशको सर्वोच्च निकाय सम्माननिय राष्ट्रपतिको विरुद्धमा लज्जास्पद, अमानविय, अराजक र निकृष्ट ढंगले अपमानजनक अमर्यादित असभ्य र कानुनले बन्देज गरेका भाषाको प्रयोग गर्दै दिईएका अभिव्यक्तिहरु प्रति अखिल नेपाल महिला संघ घोर निन्दा, भत्सना र खेद व्यक्त गर्दछ ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

लोकतन्त्रमा जुलुस, सभा गरि आफ्नो विचार अभिव्यक्त गर्ने स्वतन्त्रता भएको भए पनि अपाच्य गालि गलौज, उच्छृङखल गतिविधि तत्काल रोक्न माग गर्दै दोषि पहिचान गर कानुनी कारबाही गर्न समेत अनेमसंघ सिन्धुलीले माग गरेको छ ।

राष्ट्रको सर्वोच्च निकाय, राष्ट्र, जनता तथा सिंगो महिला समुदाय आमा दिदि, बहिनीहरु माथि घोर अपमान भएको र मौलिक हक, मानव अधिकार, सामाजिक न्याय र सिंगो महिला समुदाय माथिको अपमान भएको भन्दै यस्ता अमानविय अभिव्यक्ति दिने र दिन लगाउने दोषिहरुमाथि कानुनी कारबाहीको जोडदार माग गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले आफुले प्राप्त भएको ज्ञापन पत्रलाई गृह मन्त्रालयमा पठाउने बताउनुभयो ।

Comment here