प्रदेशशिक्षासमाचार

कक्षा १ देखी १२ सम्म नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुल्यो

काठमाण्डौ / सर्वोच्च अदालतले विद्यालय तह (कक्षा १ देखि १२ सम्म) नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुल्ला गरिदिएको छ । कक्षा १ देखी १२ सम्म नयाँ पाठ्क्रम लागु नगर्न भन्दै परेको रिट खारेज गरि दिएसँगै अब नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुला भएको हो ।

नयाँ पाठ्यक्रम लागू गर्न रोक लगाउने माग गर्दै भागवत अर्याल लगायत सात जनाले रिट दायर गर्नुभएको थियो । न्यायाधीश तेजबहादुर केसी र प्रकाशनकुमार ढुङगानाको इजलासले सो रिट खारेज गर्ने निर्देशनात्मक आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो ।

सो रिट खारेज भएसँगै विद्यलय स्तरमा चरणवद्ध रूपमा नयाँ पाठ्यक्रम अनुसार पढाउने वा पुरानो भन्ने अन्यौल अन्त्य भएको छ ।

Comment here