जीवन सैलीप्रदेशसमाचार

सात दिने बृहत पोषण विशेष सेवाहरु सम्बन्धि तालिम सुरु

सिन्धुली, २७ पुष २०७७

सिन्धुलीमा सात दिने बृहत पोषण विशेष सेवाहरु सम्बन्धि तालिम संचालन सुरु भएको छ । बालबालिकाहरुको पोषण स्थिती सुधार गर्नको लागि यस सँग सम्बन्धित सेवाहरुको बारेमा स्वास्थ्य कर्मिहरुको क्षमतालाई प्रवद्र्धन गर्ने उद्धेश्यले तालिम सुरु गरिएको हो ।
गोलन्जोर, तीनपाटन र फिक्कल गाउँपालिकाका स्वास्थ्य कर्मिहरुलाई तालिममा सहभागि गराईएको छ । पुष २६ गते आइतबार देखी सुरु भएको तालिम माघ ३ गते सम्म संचालन गरिनेछ ।

कार्यक्रमको सुरुवातमा स्वागत मन्तब्य तथा तालिमको उद्धेश्यको जानकारी वल्र्ड भिजन इन्टरनेसनल नेपाल पूर्वि अफिसका पोषण प्रमुख मोहन डाँगिले गर्नु भएको थियो । उहाँले समग्र परियोजनाका कार्यहरुको समेत छोटकरीमा जानकारी गराउनु भएको थियो ।

स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख तथा प्रमुख अतिथि जितेन्द्र कुमार शाहले तालिमको उद्घाटन गर्दै बालबालिकाको पोषण स्थितीले उनिहरुको समग्र जीवन भरि नै सकारात्मक वा नकारात्मक दुबै प्रभाव पार्ने कुरालाई पस्ट्याउनु भएको थियो । उहाँले सुपोषित बालबालिकाको जीवन कुपोषित बालबालिकाको तुलनामा अत्यनतै राम्रो हुने जिकीर गर्नु भयो । साथै जन्मे दखि २ बर्ष सम्ममा बालबालिकाहरुको करिब ८० प्रतिशत दिमागको विकास हुने भएकाले यस समयमा बालबालिकाको विशेष ख्याल गर्नु पर्ने र यसमा स्वास्थ्य कर्मिहरुको अहम भुमिका हुने गरेको र यस तालिममा सिकेका कुराहरुलाई समुदाय स्तरमा नै महिला स्वास्थ्य स्वयम सेविकाहरु र सहकर्मिहरुको माध्यमबाट लगि बालबालिकाको पोषण स्तरलाई सुधार गरि रकर्णिङ र रिर्पोटिङ समेत चुस्त राख्नका लागि तालिमका सहभागिहरुलाई आग्रह समेत गर्नु भएको थियो ।

यसै गरि उद्घाटन कार्यक्रममा सिकाउने भन्दा पनि एक आपसमा आफ्ना अनुभवहरुलाई आदान प्रदान गरि बालबालिकाको पोषण स्तर सुधार गर्ने महाअभियानमा एकजुट भएर जुट्ने प्रतिबद्धता यस तालिमका सहजकर्ता कुवेर अधिकारीले बताउनु भएको थियो । यसै विच उक्त कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य संयोजकको प्रतिनिधित्व गर्दै फिक्कल गाउँपालिकाका स्वास्थ्य संयोजक लेखनाथ फुयाँलले हालसम्म पनि स्वास्थ्य कर्मिहरुले बालबालिकाको पोषण स्तर सुधार गर्न निरन्तर लागि परिरहेको र यस तालिमले अझै प्राविधिक ज्ञान बढ्ने र यसलाई समुदायमा पु¥याउनको लागि तयार समेत रहेको प्रतिवद्धता समेत ब्यक्त गर्नु भएको थियो ।

यसका साथै तालिमको उद्घाटन कार्यक्रमको समापन सिड्स नेपाल सिन्धुलीका कोषाध्य गोपाल पौडेलले गर्नु भएको थियो उहाँले गैर सरकारी सरकारी संस्थाहरुले समुदायमा पुलको भुमिका मात्र निर्वाह गर्न सक्ने भएकाले सम्पुर्ण कार्यक्रम स्थानिय सरकारको नै भएकाले यसको पूर्ण अपनत्वका लागि समेत आग्रह गर्नु भएको थियो ।

उक्त तालिम वल्र्ड भिजन इन्टरनेसनल नेपाल र सिड्स नेपाल सिन्धुलीको साझेदारीमा संचालित एकिकृत पोषण तथा उत्थानशिल जीविकोपार्जन परियोजना अन्तर्गत संचालन गरिएको हो । यस अन्तर्गत पोषण तथा जिविकोपार्जन सँग संबन्धित कार्यक्रमहरु निरन्तर रुपमा संचालन भइरहेका छन् । तालिममा १२ जना स्वास्थ कर्मिहरुको सहभागिता रहेको छ ।

Comment here