प्रदेशबागमतिसमाचार

सिन्धुलीगढी युद्धमा प्रयोग भएका भाले खुँडा र तरबार सेनालाई हस्तान्तरण

सिन्धुली, २६ पुष २०७७

जिल्लाको ऐतिहासिक स्थल सिन्धुलीगढीमा युद्धका वेला प्रयोग भएका घरेलु हतियार संकलन गरि कमलामाई नगरपालिकाले नेपाली सेनालाई हस्तान्तरण गरेको छ ।
अंग्रेज फौजसंगको लडाइका वेला पुर्खाले प्रयोग गरेका घरेलु हतियार नेपाली सेनाको ९ नम्बर बाहिनि मार्फत युद्धसंग्राहलयमा राख्न उत्तः हतियार हस्तान्तरण गरिएको हो ।

आइतबार कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले आफ्नो घरमा रहेको एक थान भाले खुँडा र एक थान तरबार ९ नम्बर बाहिनिपति धु्रव शाहलाई हस्तान्तरण गरिएको छ । साथै मेयर खत्रीले कमलामाई नगरपालिका २ का हरि थापाले बुझाएको एक थान भाले खुँडा पनि गणपती शाहलाई हस्तान्तरण गर्नु भएको छ ।

कमलामाई नगरपालिकाले गढीको संरक्षण संगै गढीको विगतको अवस्थालाई जीवन्त दिन लागि परेको मेयर खत्रीले बताउनुभयो । गरुयोजना बनाएर कमलामाई नगरपालिकाले सिन्धुली गढीको संरक्षण गर्ने कार्यलाई निरन्तरता दिएको उहाँको भनाई छ । यसै अभियन अन्र्तगत सिन्धुलीगढी युद्धका वेलामा प्रयोग भएका हतियार संकलन गर्ने कार्य भै रहेको उहाँले बताउनुभयो ।

युद्धका समयमा प्रयोग भएका हतियार बुझाई सिन्धुलीगढीको इतिहासलाई जीवन्त बनाउने कार्यमा सहयोग गर्न उहाँले नगरबासिमा आग्रह गर्नुभयो । यदि स्वइच्छाले यस्ता हतियार नदिए नगरपालिकाले पनि खरिद गर्ने बताउनुभयो ।

९ नंं बाहिनिपति धु्रव शाहले युद्धका समयमा प्रयोग भएका युद्ध सामाग्रिहरुको सेनाले खोजि तथा संकलन कार्य जारी राखेको बताउनुभयो । यसरि संकलन गरिएका हतियारहरु सिन्धुलीगढीको युद्ध संग्राहलयमा राखिने समेत बताउनुभयो । घरमा रहेको हतियार स्वइच्छाले दिने व्यक्तिहरुको तीनपुस्ते विवरण सहित हतियारहरु सुरक्षित तरिकाले संग्राहलयमा राखिने उहाँको भनाई छ । हाल सम्म भाले खुँडा, तरबार, खुकुरी गरी ७ थान संकलन भएको र एक धान धनुकबाण संकलन भएको समेत उहाँको भनाई छ । सेनाले युद्धका समयमा भएका हतियारहरुको संकलन कार्यलाई जारी राखेको उहाँको भनाई छ ।

Comment here