साहित्य

नजन्माउ आमा छोरी

आमा नजन्माउ है छोरि ,
भोलि बलत्कृत हुन्छ सक्छ ।
नज्न्माउ आमा छोरी
आमा चाहिँदैन मलाई बैनि
भोलि कुसंस्कार र कुसंस्कृतिको सिकार हुन सक्छ ।

आमा,गिद्वहरुको बिचमा हामी बस्छौं ,
म सुरक्षित छैन भने मेरो बनिलाई सुरक्षित राख्न सक्दिनँ ,
आमा नजन्माउ हौँ छोरि भोलि एसिड प्रहार हुन सक्छ ।।
पृतृिसतात्मक सोचको सिकार हुन्छे मेरि बैनि,
महिनावारी हुदा छाउगोठमा गई बलत्कृत हुन्छे मेरि बैनि ।।

डर लाग्छ आमा ,अब यो समाज देखि
नजन्माउ आमा छोरि भोलि तिमिले सय धारा आँसु,
रगत पिएर हुर्केको छोरिको हत्या हुन सक्छ ।
कोपिला लाग्न लागेको फुलेको जरैदेखि उखलिन सक्छ
नजन्माउ आमा छोरि भोलि हत्या हुन सक्छ ।।
छैन आमा नेपालमा छोरिचेलिको लागि राम्रो कानुन ,
जबसम्म नेपाल मा कडा कानुन बन्दैन तब सम्म आमा मेरि बैनि सुरक्षित,
भय उत्पन्न भएर आउँछ बैनिको बारेमा सोच्दा
नजन्माउ छोरि भोलि बलत्कृत हुन सक्छ ।।

– स्वस्तिका बखरेल
अध्यक्ष,
किशोरी सञ्जाल कनपा – १३ रानिबाँस

Comment here