प्रदेशबिचारराजनीति

संसद बिघटन र पार्टी एकताको प्रश्न

पछिल्लो समय नेपाली जनता बिरुद्घ देशी–विदेशी षडयन्त्रको मुख्य थलो बन्दै गरेको संसद झण्डै सत्र दिन अघि बिघटन भएको छ । ने.क.पा.को मात्रै करिब दुई तिहाई बहुमत निर्बाचित जन प्रतिनिधी रहेको ‘संघीय संसद’ लगभग आबधिक रुपमा एक्काईस महिना अगाबै दुर्भागयपूर्ण ढंगले बिघटन हुनमा राष्ट्रको स्थायित्व,अग्रगामी परिवर्तन र विकासको थलोबाट यो प्रतिगामी र षडयन्त्रकारीहरुको अखडा बन्ने खतरा पैदा भए संगै गडबडी र षडयन्त्रको यस्तो चक्रब्यूहबाट देश र जनतालाई बचाउने भन्ने अन्तिम विकल्पको रुपमा गैर जबफदेहिता र संस्कारबिहीन बनेको संसदलाई बिघटन गरेर ताजा जनादेश लिनु नै यो सरकारको लागि एकमात्र सर्वोत्तम विकल्प बाककंकि थियो । हाम्रा लोकप्रीय जननिर्वाचित प्रधानमन्त्री क.खड्ग प्रसाद ओलीले २०७७ साल पुष ५ गते संसद भंग गरेर ताजा जनादेशको लागि २०७८ साल बैसाख १७ र २७ गते चुनावको घोषणा गरि दिनु भयो । यसले देशी बिदेशी षडयन्त्रकारीहरुको कित्तामा ९ रेक्टर स्केलको भू–कम्पको झड्का लागेको छ । साथै प्रथम पटक दुई तिहाई जनमतद्घारा निर्वाचित गणतान्त्रिक कम्युनिष्ट सरकारलाई आफ्नै पार्टीका सार्वभौम र सम्मानित संसदमा निर्वाचित सहयात्रीहरुको असहयोग र षडयन्त्र र गरिमामय सम्बैधानिक पदमा बसेका सभामुखको समेत मिलेमतोमा बैधानिक तवरले फाल्ने र बिपक्षीसंग मिलेर सरकार बनाएर राष्ट्र र जनतालाई बर्बाद पार्ने सपना तुहिएको छ । यसरी हाम्रो देश र जनतालाई समृद्घ र सुखि बनाउने समाजबादोन्मुख अग्रगामी शक्तिको सर्बोच्च नेतृत्वले देश ,जनता र पार्टीलाई ठुलो दुर्घटना हुनबाट बचाएको छ । जन विश्वासको कदर र सम्मान गर्दै सहिदहरुको सपना साकार पार्ने काममा आफुलाई अब्बल सावित गरेको छ ।

मैले यस्तो लेखिरहदा कसैलाई ‘यो त हदैसम्मको चाकडी गर्यो, भन्ने लाग्न पनि सक्छ । त्यसले केहि फरक पर्दैन । तर देश र जनता एउटा डरलाग्दो अन्धकारको भूवरीमा फस्नबाट अबस्य नै जोगिएका छन् । यसमा सबै देशभक्त ,प्रगतिशील र प्रजातन्त्रबादी शक्तिहरुले खुसी मान्नै पर्छ ।

तर दुखका साथ भन्नै पर्छ ‘आफुलाई बिधि ,पद्घति र गणतान्त्रिक परिबर्तनको संबाहक हौ’भन्ने ने.क.पा(नेकपा) कै शिर्ष नेताहरुले यो निर्णयलाई सहजरुपमा पचाउन सक्नु भएन । वहाहरुले संसदीय मर्यादा, पार्टी संचालनको बिधि, पद्घति र अनुशासनको खिल्ली उडाउदै हठात पार्टीको बिभाजन र सडक संघर्षको घोषणा गर्नु भयो । यसले नेकपाका लाखौलाख कार्यकर्ता र करोडौ नेपाली जनतालाई दुखित र आक्रोसित बनाउने काम गरेको छ । आज नेकपाका कार्यकर्ता र यस पार्टीलाई दुई तिहाई मत दिएर जिताउने जनताहरुले, संसद बिघटन हुदैमा ब्यक्तिगत पद र प्रतिष्ठा कै लागि पार्टी बिभाजन गर्नै पर्दथ्यो र ? भन्दै फुटबादी नेतृत्व तर्फ चोर औलो ठड्याईरहेका छन् ।

वास्तबमा तिन बर्ष पहिले एकताबद्घ बनेर सानदार जीत हाककंसिल गरेको पार्टी एकताले पूर्णता नपाउदै पुन भागबडा कै रडाकोमा परेर फुट ब्यहोर्नु परेको छ । पद र प्रतिष्ठाको लोभमा पार्टी फुटाउने काम निन्दनीय र गैर जिम्मेबार कार्य हो भन्ने कुरामा कसैको दुईमत छैन।यस्तो फुटपरस्त कार्य गर्नेहरुले नै देशलाई असम्बैधानिक र अराजक दिशा तर्फ धकेल्ने काम गरिरहेका छन् ।

अव सरकारले घोषणा गरेको ताजा निर्वाचनले मात्रै सम्बैधानिक र शान्तिपूर्ण निकाशको ग्यारेण्टी गर्न सक्छ।सडकमा मान्छे उफारेर पार्टी र देश भित्र उत्पन्न राजनीतिक संकटको समाधान गर्ने बेढंगको यो तरिका संग कोहि पनि देशभक्त, अग्रगामी शक्ति र ब्यक्तिहरु सहमत हुन सक्दैनन् ।

सार्बभौमसत्ता सम्पन्न जनताको माझमा जाने निर्णयका बिरोधीहरु कुनै पनि मानेमा प्रगतिशील र लोकतान्त्रिक शक्ति हुन सक्दैनन् । यसको लागि त कमसेकम संसदीय लोकतान्त्रिक मूल्य मान्यता आचारण र संस्कारको पालन गर्ने हुनु पर्छ । संसदीय ब्यबस्थामा जनताको अभिमत पाएको बैकल्पिक सरकार मानिने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस भन्दा तल गिरेर आफ्नै पार्टीको सरकार गिराउन षडयन्त्र गर्ने नेकपाका शिर्षस्थ नेताहरुको हबिगत देख्दा सबैले कुरीकुरी भन्ने अबस्था आएकोछ ।

आफ्नो पार्टीको समस्या हल गर्न नचाहने र देशको आन्तरिक मामिलामा बाह्य शक्तिलाई गुहार्नेहरुको दिनहिन सत्तामोहले नै देश र जनतालाई कसरी पराधिन ,अविकसित र पछौटेपनको मारमा पारिने रहेको रहेछ भन्ने कराको लागि यो पछिल्लो ज्वलन्त उदाहरण भएको छ । राष्ट्रको समृद्घी र स्थायित्त्वमाथि खेलवाड गर्नेहरु नै आजसम्मको सबैभन्दा घातक र संक्रामक असंबैधानिक प्रबृतिका संबाहक हुन्।यो प्रबृति कोरोना भाईरस भन्दा पनि हजारौ गुणा घातक छ।जसले संसद बिघटनको बिरोध गर्ने नाममा पार्टी बिभाजन गरेका छन तिनैले राष्ट्रमा आजको असाधरण संबैधानिक संकट निम्त्याएका छन् । यस्तो राष्ट्रीय संकटको समाधान गुट उपगुट र सत्ता–स्वार्थको क्षुद्र झुण्डहरुको अखडा बनेको संघीय संसदले गर्न नसक्ने भएकोले संसद बिघटन अग्रगामी,बैधानिक र प्रजातान्त्रिक सुदृढिकरणको नयाककं कोसेढुंगो साबित हुनेछभन्ने अपेक्षा गर्न सकिन्छ ।

नेपाल राष्ट्र र नेपाली जनताको सार्बभौम सत्ताको रक्षा र सम्मान उच्च पार्ने हैसियत गुमाएको संसद बिघटन गर्नै पर्ने ऐतिहासिक आबस्यकतालाई मध्यनजर गरेरै सार्बभौमसत्ताका मालिक नेपाली जनताद्घारा निर्बाचित भएको देशको कार्यकारी प्रमुखको हैसियतमा गरेको संसदको बिघटनलाई असम्बैधानि र प्रतिगमनको संज्ञा दिनेहरु ‘पानी धमिल्याएर खिचडी सत्ताको माछा मार्ने ‘दाउमा छन् भन्ने कुरा दिनको घाम जतिकै छर्लंग छ ।

‘समृद्घ नेपाल र सुखि नेपाली’ भन्ने मुल नारामा दुई तिहाई जनमत पाएको पार्टी भित्र असैदान्तिक बिभाजनको बिज रोप्नेहरु सबभन्दा बेईमान प्रतिगमनकारी र षडयन्त्रकारी हुन्।भडुवाहरुको अखडा बनेको संघीय संसद बिघटनको दिल खोलेर सबैले स्वागत गर्नै पर्छ।यसको बिरोधमा जानु भनेको सार्बभौम नेपाली जनताको अपमान गर्नु हो ।

संसदको बिघटन भएको बहानामा पार्टी फुटाउनेहरुले फेरि देश,जनता र संबिधानको रक्षा गर्छु ,भनेर सडकजात्रा देखाउदा जनताले कसरी पत्याउने ? साठी बर्ष देखि फुटेको कम्युनिष्ट पार्टीको मुख्य दुईधार माझ भएको एकता पछि प्राप्त अपार सफलताको रक्षा गरेर देश र जनताको पक्षमा काम गर्नुको सट्टा ब्यक्तिगत स्वार्थ पुरा गर्न पाईएन भनेर देश र जनताको पक्षमा काम गरिरहेको क.ओली नेतृत्वको सरकार ढाल्ने षडयन्त्र बिफल मात्रै भएन किन्तु दशकौ देखि कम्युनिष्ट पार्टीको शिर्ष नेताको रुपमा भिरेको मुखुण्डो पनि जनता सामु छरपस्ट र धुजाधुजा भएको छ।संसदीय लोकतन्त्रको अबधारणा बोकेको हाम्रो देशको संघीय लोकतान्त्रिक गणतन्त्रको संबिधानले हरेक पाककंच बर्षमा ताजा जनादेश लिनै पर्ने संबैधानिक प्राबधान अनुरुप चुनाव जित्ने र हार्ने कुरा संसदीय ब्यबस्थाको सर्वमान्य प्रचलन हो।देश र जनताको सार्वभौमसत्ता र संप्रभूताको रक्षा र प्रयोग गर्न पाउने जनादेश पाएको आफ्नै पार्टीको प्रधानमंत्रीले घोषणा गरेको चुनाव बिथोल्छु र गुटउपगुटको झुण्ड बनेको बिघटित खिचडी संसद ब्युताएर ‘सत्ताको ताउलोमा मिठो जाउलो’ पकाएर ख्वाउछु भन्ने सपना बाडेर देश जनता र पार्टीलाई घनघोर अन्धकार तिर धकेल्ने प्रयासलाई हाम्रो पार्टी ने.क.पा.(नेकपा) को नेतृत्वमा सचेत ,एकताबद्घ र अनुशासित नेता, कार्यकर्ता र जनताले परास्त गर्ने नै छन् ।

यो अप्रत्यासित फुटबाट हाम्रो पार्टीलाई हुने क्षतिबाट जोगाउदै फेरि भारी बहुमतले निर्बाचित कम्युनिष्ट पार्टीको सरकार बनाउने अभियानमा आजै देखि सकृयतापूर्वक जनतामाझ पुग्न पर्दछ । हाम्रो पार्टीको नेतृत्वमा सरकारद्घारा गरिएका राम्रा कामहरुको बारेमा जनतालाई सम्झाउने बुझाउने काम गर्नु पर्दछ।हाम्रा कमिकमजोरीहरुको आत्मालोचना गर्नु पर्दछ।जनतासंग हाम्रा नेता कार्यकर्ताहरु नंगमासु जस्तै घनिष्ट सम्बन्ध कायम गर्न हरदम ध्यान दिनु पर्दछ।यो नै हाम्रो विजयको आधार हो ,जनतामाझ जाककंउ जनतालाई जगाककंउ,फेरि एक पटक क.केपी ओलीकै नेतृत्वमा दुई तिहाई बहुमतको सरकार बनाककंऔ । यो अभियान सानदार ढंगले सुरुवात भई नै सकेको छ।यसलाई आगामी ण्ठड बैशाख ज्ञठ र द्दठ गते हुने निर्बाचनमा भब्यताका साथ हाम्रै पार्टीको दुई तिहाई बहुमतको सरकार बनाएर समापन गर्न पर्दछ । यो नै नेपाल कम्युनिष्ट पार्टी एकताको अन्तिम आधारस्तम्भ हो ।

Comment here