प्रदेशराजनीतिसमाचार

कार्यकतामाझ आरोप हैन सत्य कुरा लिएर जानुस : पोख्रेल

सिन्धुली, २२ पुष २०७७

नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटि सदस्य इश्वर पोख्रेलले पछिल्लो समयमा देखिएको पार्टीको अवस्थाबारे कार्यकर्तामा यथार्थ गतिविधि लौनु पर्ने बताउनु भएको छ ।

सिन्धुलीमाढीमा नेता तथा कार्यकर्तासंगको भेटमा उत्तेजित र आवेगमा नभई यथार्थ र तथ्य परक पार्टी एकताका पक्षमा भएका प्रयासहरु कार्यकर्ताको माझमा लैजान नेता तथा अगुवा कार्यकर्तालाई निर्देशन दिनु भएको छ । पूर्व माओवादी केन्द्र र नेकपा एमाले दुवै पार्टी नेपालमा नरहेको र एक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मात्र रहेकाले कार्यकर्तालाई बास्ताविकता के भएको थियो भनेर कसैलाई आरोप, गालिगलौज नगरि शालिन तरिकाले कार्यकर्तामा जान उहाँले आग्रह गर्नुभयो ।

राष्ट्र, नेपाली जनताको आवश्यकताले पार्टी एकता भएको र एकतालाई पूर्णता दिने पक्षमा आफुहरु रहेको भन्दै तुच्छ भाषणबाट यथार्थ लुकाउन नमिल्ने उहाँको तर्क छ । दुई पार्टी विचको बैचारिक बसह नभै यस अघि भएका सम्झौताहरु पालना गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
देश र पार्टी दुवैमा अस्थिरता कायम गर्न खोजेपछि प्रधानमन्त्रिले आफ्नो रजनैतिक र पदिय अधिकारको प्रयोग गर्दै ताजा जनादेशमा जानु नेपाली जनताको हितमा भएको बताउनुभयो । यति केपि ओलिले गल्ति गरेको भए दण्ड र राम्रो गरेको भए पुरस्कार नेपाली जनताको मत परिणामले देखाउने बताउनुभयो ।

बहुमतको सरकार हुँदा पनि पार्टी भित्रको असहयोगले गरि ओलिलाई काम गर्न नदिएको जिकिर गर्दै अहिलेको सरकारले नेपाल र नेपाली जनताको पक्षमा धेरै राम्रा काम गरेको बताउनुभयो ।

उहाँले पार्टीको चुनाव चिन्ह र पार्टीको आधिकारिता आफुहरुले पाउने कुरामा ढुक्क भएर अगाडि बढ्न सिन्धुलीका नेता कार्यकर्ताहरुलाई विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो ‘जहाँ केपी ओली हुनुहुन्छ, त्यहाँ नेकपा र सूर्य चिन्ह पनि आउँछ ।’ आफुहरु पार्टी विभाजनको पक्षमा नरहेको बताउँदै पोखरेलले अब पुरानो एमाले र पुरानो एमाओवादी भन्ने पार्टी नरहने समेत बताउनुभयो । विभाजन नभएको र केही नेताहरुले चोइटिने प्रयत्न गरेको निश्कर्ष निकाल्दै उनीहरुको हालत विगतको नेकपा माक्र्सवादी, माले र माओवादीजस्तै हुने बताउनुभयो ।

Comment here