प्रदेशराजनीतिसमाचार

संसद विघटन विरुद्धका संघर्षमा सहयोग गर्न सिन्धुलीका तीन दलको अपिल

सिन्धुली, २१ पुष २०७७

प्रधानमन्त्री के.पि शर्मा ओलिले संसद विघटन गरेपछि त्यसको विरुद्धमा लाग्न सिन्धुलीका तीन राजनैतिक दलले अपिल गरेका छन् ।
माधवकुमार नेपालले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा), जनता समाजबादी पार्टी र नेपाली कांग्रेस सिन्धुलील्े यस्तो अपिल गरेका हुन् ।

नेकपा जिल्ला अध्यक्ष लेखनाथ दाहाल, समाजबादी पार्टी जिल्ला अध्यक्ष सुरदबहादुर स्याङतान र नेपालि कांग्रेस सिन्धुलीका सभापति उज्वल बारलले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै संघिय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधान २०७२ को मुल मर्म र भावना माथि क्रुर प्रहार गर्दै ओलिले सिफारिस र राष्ट्रपतिद्धारा विघटन गरिएको कदम प्रति घोर भत्र्सना गरिएको छ ।

प्रतिगमन नसच्चिए सम्म संघर्ष जारी रहने भन्दै संघर्षको पक्षमा सहभागिता, सहयोग र समर्थनका लागि सिन्धुलीबासी व्यापारि, उद्योगि, किसान, मजदुर, विद्यार्थी, युवा, शिक्षक, महिला बुद्धिजिवी मानवअधिकारकर्मी, पत्रकार लगाएतलाई विज्ञप्ति मार्फत अपिल गरिएको छ ।

Comment here