प्रदेशराजनीतिसमाचार

नेकपा दुधौलीद्धारा ओलिको पक्षमा उभिने प्रतिबद्धता

सिन्धुली, २० पुष २०७७

नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) नगर कमिटि दुधौलीले प्रधानमन्त्री केपि ओलिको पक्षमा उभिने प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री ओलीले षड्यन्त्रलाई असफल पार्दै ताजा जनादेश लिएर स्थायित्व र स्थिर सरकार निर्माण गर्ने उद्धेश्य लिएको भन्दै ओलिको पक्षमा उभिएका हुन् ।

दुधौली नगर कमिटिका अध्यक्ष लक्ष्मण कार्कीले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपा कै केहि नेताले निरन्तर सरकारलाई असहयोग र घेराबन्दि गरेको, पार्टी, संसदिय दलको निर्णय विना अविश्वासको प्रस्ताव ल्याउने उद्धेश्य लगाएतका अनैतिक कु गरेको भन्दै यस्ता षड्यन्त्र असफल पार्दै ताजा जनादेशमा जाने प्रधानमन्त्रिको निर्णयको पक्षमा उभिने उल्लेख गर्नु भएको छ ।

साथै नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) का अध्यक्ष एवं प्रधानमन्त्रि समेत रहनु भएका केपि ओलिले नेतृत्व गरेको पार्टीको पक्षमा क्रियाशिल बन्ने दुधौलि नगर कमिटिको सचिवालय बैठकले निर्णय गरेको उहाँले प्रेस विज्ञप्ती मार्फत जानकारी गराउनु भएको छ । साथै नेकपा तर्फबाट विजयी दुधौली नगरपालिकाका मेयर, उपमेयर, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य सवैले ओलिको पक्षमा उभिने प्रतिबद्धता जनाउनु भएको पनि विज्ञप्तीमा जनाईएको छ ।

Comment here