प्रदेशसमाचार

भुकम्प पछिको पुर्न निर्माण ३५ प्रतिशत

कृष्ण बहादुर अधिकारी

सिन्धुली /  सिन्धुली जिल्लामा भुकम्प पछिको पूर्न निर्माणले अपेक्षा अनुसारको गति लिन सकेको छैन । भुकम्प गएको पाँच बर्षमा जिल्लामा व्यक्तिगत आवास निर्माणले गति लिन सकेको छैन । हाल सम्म जिल्लामा ३५.८७ प्रतिशत मात्र पूर्न निर्माण सम्पन्न भएको छ ।

जिल्लामा जम्मा लाभग्रही संख्या ३८ हजार छ सय १६ जना रहेको मा हाल सम्म अन्तिम निरक्षण भएको घरको संख्या १३ हजार तीन सय ४९ रहेको जिल्ला आयोजना कार्यान्वय इकाई सिन्धुलीले जाएको छ । लाभग्राही सूचिमा नाम समावेश रहेको मध्ये ३७ हजार दुई सय सात जनाले मात्र पहिलो किस्ता लिएका थिए ।

यति संख्यामा लाभग्राही रहेको भएपनि यी मध्ये ३३ हजार एक सय ६६ जनाले मात्र दोस्रो किस्ता रकम लिएका छन । तेस्रो किस्ता लिनको सख्ंया अझै कम देखिएको छ । हाल सम्म तेस्रो किस्ता लग्नेको संख्या २५ सात सय ९३ जना मात्र रहेको कार्यालयले जनाएको छ ।

लाभग्राही हराए

भुकम्प पछिको पूर्ननिर्माणमा सिन्धुली जिल्लाबाट ३८ हजार छ सय १६ जना नेपाल सरकारको लाभग्राही सूचिमा परेको भएपनि त्यस मध्ये सिन्धुलीका एक हजार चार सय नौ जना भुकम्प पिडित अर्थात लाभग्राही सम्झौता नै गर्न नआएको कार्यालयले जनाएको छ ।
३७ हजार दुई सय सात जनाले पहिलो किस्ता लगेको मध्ये हाल सम्म चार हजार ४२ जना दोस्रो किस्ता समेत लिन नआएको कार्यालयले जनाएको छ । हराएका मध्ये कतिपय ऐलानी जमिनमा बसोवास गरेका र कतिपय अरुकै जमिनमा बसोवास गरेकाहरु भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रवलीकरणमा परेका दुई हजार बढी लाभग्राही सम्पर्कमै छैनन

भुकम्प पछि नीजि आवासमा सामान्य क्षति पुगेका लाई पनि नेपाल सरकारले मर्मत सम्भारको लागी भन्दै प्रवलीकरण (मर्मत) का लागी नामावलीमा परेका मध्ये दुई हजार एक सय ६५ जना लाभग्रही नै सम्पर्कमा नआएको कार्यालयले जनाएको छ । जिल्लामा अहिले सम्म ८५ जनाले मात्र दोस्रो किस्ता रकम लिएका छन । जिल्लामा १४ हजार चार सय ४१ घर प्रवलीकरणमा लागी छनोट भएका थिए । यति संख्यामा प्रवलीकरण गर्नेहरु भएपनि हाल सम्म १२ हजार दुई सय ७६ जनाले मात्र पहिलो किस्ता लगेको कार्यालयले जनाएको छ ।

भुकम्प गएको पाँच बर्ष पुरा हुन लाग्दा समेत जिल्लामा व्यक्तिगत आवास निर्माणको प्रगति सोचे अनुसारको हुन सकेको छैन । मर्मत सम्भारका लागी प्रति घरपरिवार १ लाख रुपैंया अनुदान दिने व्यवस्थारहेको छ । एक लाख रुपैया मध्ये दुई किस्तामा उक्त रकम भुत्तानी हुने छ । यसमा पहिलो किस्तामा ५० हजार र दोस्रो किस्तामा ५० हजार रुपैया गरी निकासा दिने व्यवस्था रहेकोछ । यस अन्र्तगत हाल सम्म ८५ जनाले मात्र दोस्रो किस्ता लिएका छन भने हाल सम्म एक जनाको पनि अन्तिम निरिक्षण भएको छैन ।

६ सय ७५ घरपरिवारलाई थप पचास हजार

आर्थीक अवस्था कमजोर भएका, ६५ बर्ष नाघेका एक्कल महिला, ७० बर्ष माथीका जेष्ठ नागरिक, १६ वर्ष मुनिका अनाथ बालबालिका र रातो र निलो परिचयपत्र भएका अपांगहरुलाई पूर्न निर्माणको लागी थप ५० हजार रुपैया दिने राज्यको नीति अनुसार सिन्धुली जिल्लामा ६ सय ७५ जनाले यस्तो सुविधा पाउने छन । यस्तो अनुदान पाउनका लागी माथि उल्लेखित लक्षित समुहका मानिस र उनीहरुका परिवारमा अन्य सदस्य नभएको अवस्थामा थप सुविधा दिने राज्यको नीत अनुसार जिल्लामा पनि यो कार्यक्रम सुरु भई सकेको छ ।

पूर्न निर्माण भएका नीजि आवास उपयोग विहिन

नेपालमा पर्नूृ निर्माण भएका मध्ये ८० प्रतिशत पुननिर्माण गरिएकाका नीजि आवास उपयोग विहिन बनेको ट्रन्सपरेन्सी ईन्टर नेशनल नेपालको ठहर छ । बनेका अधिकांश भवनमा मानिसको बसोबास नभएको, किचन, बाख्राको खोर वा स्टोरका रुपमा घरहरु प्रयोग भएको पाईएको ट्रान्सपरेन्सी ईन्टरनेशनलले जनाएको छ । पुननिर्माणको वास्तविक अवस्थाको अनुगमन गरि सुधार गर्न सकिने भवन सुधार गर्न र नबनेका भवनलाई गुणस्तरीय बनाउन संस्थाले सुझाव समेत दिएको छ ।

अर्मपर्लले पूर्न निर्माण सहज

पूर्न निर्माण गर्न गाउँघरमा दक्ष जनशक्ति नपाएका कारण समस्या परेको स्थानीयहरु बताई रहेका बेला जिल्लाको सुनकोशि गाउँपालिका ६ सितलपाटी स्थनीयहरुले भने अर्मपर्ल गरेर नीजि आवासहरु पुर्न निर्माण गरेको बताउछन । ठेकदार वा अन्य श्रमिकहरुलाई दैनिक ज्यालादारीमा लगाउदाँ राज्यले दिएको रकमबाट पूर्न निर्माण गर्न असम्भव भएको भन्दै परम्परागत अर्मपर्मबाट पूर्न निर्माण गर्न राज्यले दिएको रकमबाट सकिने सितलपाटीका स्थानीय बताउछन ।

राज्यले सहयोग स्वरुप दिएको रकमबाट ठेक्का दिदाँ आफ्नो घर निर्माण नहुने देखेर आफुहरुले गाउँमा सल्लाह गरेर नै अर्मपर्म गरेर आफ्नो घर निर्माण गरेको स्थानीय शंकर बहादुर प्रसाईंले बताए । सामान्य आर्थिक अवस्था भएको कारण पर्न निर्माण गर्न सकिदैन की भन्ने थियो, तर अर्मपर्मले घर बनाउन सफल भएको उनले बताए । ‘आफुले घर बनाउदा लेवर लगाउनु परेन, सवै कम आफैले गरें, आफु पनि लागे घर बनाउने खर्चमा धेरै कमी पो हुदो रहेछ प्रसाईले भने ।’

पुरानो घरको काठपात, ढुङ्गा र टायल प्रयोग गरि बनाइएको उक्त घर बनाउन खर्च पनि कम लागेको उनले बताए । उनी भन्छन, ‘आफैं खट्दा आफ्नो ज्याला बाहेक दुई लाख नलाग्दै घर बनाउन सफल भएँ ।’ घर एक महिनामा नै निर्माण गर्न सफल भएको उनले बताए ।

Comment here