प्रदेशराजनीतिसमाचार

ओलीका विशेष मान्छेको खड्ग खत्रीसंग सुटुक्क भेट

सिन्धुली १७ पुष २०७७

प्रधानमन्त्रि तथा नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) अध्यक्ष केपि शर्मा ओलीका विशेष दुत बनेर आएका पूर्व अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीसंग भेटघाट गर्नु भएको छ ।

विहान ११ बजे काठमाण्डौबाट खत्रीकै निवासमा पुगेर अमेरीकि राजदुत समेत रहेका युवाराजले खत्रीलाई ओलि नेतृत्व कै टिममा फर्कन प्रस्ताव गरेको स्रोतले बताएको छ । माधव कुमार नेपाल र पुष्पकमल दाहाल पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला अध्यक्ष बन्दै गरेका खत्रीलाई ओलि समुहको टिमको केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष नै बन्न युवराजले प्रस्ताव गर्नु भएको खत्रीका नजिक मानिएका एक विद्यार्थी नेताले जानकारी दिए ।

उनका अनुसार युवराजको प्रश्नको जवाफ दिदै खत्रीले आफु नेपाल पक्ष समुहले नेतृत्व गरेको पार्टीको जिल्ला अध्यक्ष स्वीकर गर्ने र ओली पक्षको केन्द्रिंय सदस्यमा नजाने जावफ दिएको उक्त विद्यार्थी नेताले जानकारी दिए ।

काठमाण्डौबाट झापा हिडेका युवराज पारिबारिक भेट गर्न भन्दै खत्री निवासमा नै पुग्नु भएको थियो । जिल्लामा रहेका ओलि निकट नेता तथा कार्यकर्तालाई जानकारी नै नदिई सुटुक्क युवराज खतिवडा र खड्ग खत्रीको घरमा पुग्नु भएको थियो । उहाँहरुविच पछिल्लो राजनीतिक अवस्थाको बारेमा पनि कुराकानी भएको स्रोतले बतायो ।  युवराज खत्री निवासमा नै खाना खाएर झापा जानु भएको बताईएको छ ।

युवराज र खडगवीचको सम्बन्ध सुमधुर रहेको छ । अर्थमन्त्रि हुदा खतिवडाले कमलामाईको विकास, समृद्धिका सवालमा समेत विशेष सहयोग गर्नु भएको थियो । त्यस यता पनि कमलामाई नगरपालिकाको विकास, निर्माणका सवालमा खतिवडाले चासो व्यक्त गर्दै आउनु भएको छ ।

Comment here