प्रदेशसमाचार

प्रहरी हवल्दार थापा उत्कृष्ट प्रहरी

सिन्धुली, १६ पुष २०७७

जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार नवराज थापा मंसिर महिनाको उत्कृष्ट प्रहरी हुनु भएको छ । आफ्नो जिम्मेवारी पूरा गर्दै उत्कृष्ट कार्य प्रदर्शन गरेकाले थापालाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मंसिर महिनाको उत्कृष्ट प्रहरीको रुपमा घोषणा गरेको हो ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रञ्जु सिग्देलका अनुसार थापाले ज्यान मार्ने उद्योग, सवारी ज्यान, हातहतियार खरखजना, विना इजाजत वन लकडी काटेको, नकवजनी चोरी, केही सार्वजनिक अपराध, जवरजस्ति करणी उद्योग, सवारी अंगभंग, वन पैदावार हानी नोक्सानी,  मानव वेचविखन तथा ओसार प्रसार, फरार अभियुक्त २१ जना पक्राउ लगाएतका सवालमा कर्तव्यनिष्ठ एवं प्रशंसनीय ढंगबाट कार्य सम्पादन गरेकाले मंसिर महिनाको उत्कृष्ट प्रहरी बन्न सफल हुनु भएको हो ।

प्रहरी हवल्दार थापाले सम्पादन गरेको कार्यको उच्च मुल्याङ्कन गर्दै यसको निरन्तरताको साथै अन्य प्रहरी कर्मचारीहरुलाई समेत प्रोत्साहित गर्न २०७७ साल मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको उहाँको भनाई छ ।

Comment here