प्रदेशसमाचार

सिन्धुलीमा अवैध रुपमा लगाएको गाँजा प्रहरीद्धारा नष्ट

सिन्धुली, १६ पुष २०७७

सिन्धुलीको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा लगाएको अवैध गाजाँ प्रहरीले नष्ट गरेको छ । अवैध रुपमा व्यवसायिक तरिकाले लगाएको गाजा प्रहरीले नष्ट गरेको हो ।

यस आर्थिक बर्ष सुरू भए देखि हाल सम्म हरिहरपुरगढि गाउँपालिकाको क्यानेश्व र मरिण गाउँपालिकाको विभिन्न स्थानमा लगाएको गाजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अबैध रूपमा लगाएको लागु औषत गाँजा ११२ बिघा १ कठ्ठा १२ धुरमा लगाईएको गाँजा नष्ट गरिएको छ । लुकिछिपि अवैध रुपमा लगाएको गाँजालाई प्रहरीले दैनिक रुपमा फडानि तथा नष्ट गर्दै आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Comment here