प्रदेशबागमतिराजनीतिसमाचार

सिन्धुलीका दुबै निर्वाचन क्षेत्रमा कांग्रेसको विरोध सभा

सिन्धुली, १३ पुष २०७७

नेपाली कांग्रेस सिन्धुलीले जिल्लाका दुई निर्वाचन क्षेत्रमा सोमबार विरोध सभा सम्पन्न गरेको छ । प्रतिनिधि सभा बिघटनको बिरुद्ध नेपाली काँग्रेसले देशभर बिरोध सभा गर्ने कार्यक्रम अनुसार सिन्धुलीको दुबै निर्वाचन क्षेत्रमा बिरोध सभा सम्पन्न गरेको हो।

क्षेत्र नम्बर १ को दुधौली नगरपालिका र क्ष्ँेत्र नं. २ को मरिण गाँउपालिकामा सम्पन्न बिरोध सभामा बक्ताहरुले प्रधानमन्त्री केपि ओलिले गरेको प्रतिनिधि सभा बिघटन असंबैधानिक भएकोले यस्को फिर्ता गर्नुपर्ने धारणा ब्यक्त गरेका थिए ।

दुधौलिमा भएको कार्यक्रमको प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेले सरकारको कदम अलोकतान्त्रिक र असंवैधानिक भएको तर मुद्दा अदालतमा पुगेकोले लोकतन्त्रीक विधि अनुरुप अदालतको निर्णयलाई पर्खिनु पर्ने बताउनु भयो। अदालतको निर्णय पश्चात् कांग्रेसले थप कदम चाल्ने उहाँले बताउनुभयो ।

दुधौलीमा भएको कार्यक्रममा विशेष अतिथी नेपाली काँग्रेस सिन्धुलिका सभापती उज्वल बराल, पुर्ब सभापती मोहन बराल र महासमिती सदस्य प्रेमचन्द्र दाहाल, अतिथिहरु नेता विनोद गुरुङ्ग र भातृसस्थाको तर्फवाट नेपाल महिला संघ सिन्धुलीका सभापति गंगा दाहालले मन्तव्य राख्नुभएको थियो ।

त्यसैगरी मरिणको कार्यक्रमको प्रमुख अतिथी नेपाली काँग्रेस सिन्धुलिका उपसभापती खड्ग वाइवा, महासमिती सदस्य नरेन्द्रजंग थापा, नेता मणिक ढकाल, जिल्ला सचिवद्धय दिपक घिमिरे, कृष्ण दाहाल, जिल्ला कार्यसमिति सदस्य उपेन्द्र पोखरेल, असिमजङ्ग थापा, दिपक मिश्र लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Comment here