प्रदेशराजनीतिसमाचार

प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशमा जाने कदम स्वागत योग्य छ : कोइराला

सिन्धुली, १२ पुष २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रिय सदस्य उमादेवी कोइरालाले प्रतिनिधि सभा विघटनगरी ताजा जनादेशमा जाने प्रधानमन्त्रीको कदम स्वागतयोग्य रहेको बताउनु भएको छ ।

देश अप्ठेरोमा जान लागेको अबस्थामा संविधान अनुसार लोकतान्त्रिक विधिबाट जनतासामु ताजा जनादेश लिन प्रधानमन्त्रि केपि शर्मा ओलीको चालेको कदम नेपाल र नेपाली जनताको हितका लागि भएको बताउनुभयो ।

आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) कमलामाइ नगर संगठन कमिटी सिन्धुलीको भेला तथा बैठकलाई संबोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएकी कोइरालाले मुलुकको बिकास र समवृद्धिको पक्षमा रास्ट्रको स्वाधीनताको सवलमा डटेर काम गरिएको सरकारलाई घेराबन्दी गरी गोलचक्रमा पार्ने काम गरेपछि प्रधानमन्त्रीले संसद विघटन गर्नु कुनै नौलो विषय नरहेको बताउनुभयो ।

उहाँले प्रधानमन्त्रीलाई अबिस्वासको प्रस्ताव दर्ता गर्ने र सम्माननिय रास्ट्रपति विरुद्ध माहाअभियोग लगाउने , निजि स्वार्थ र कुर्सीको लागि माधबकुमार नेपाल र पुष्पकमल दाहालले गरेकोे निन्दनीय कार्यको विरोध गर्नुभयो ।

यसैविच कमलामाइ नगर क्षेत्र भित्रका नेता ,कार्यकर्ताहरुले बर्तमान परिस्थितिमा अध्यक्ष के,पी, ओलीले नेतृत्व गरेको कम्युनिस्ट पार्टी( नेकपा ) मुलुकको मुल प्रबाह भएको हुँदा बिकास, समृद्धि र मुलुकको स्वाधीनताको लागि नेपाल कम्युनिस्ट पार्टी( नेकपा ) मा गोलबन्द हुनको लागी सबैमा अपिल गर्ने निर्णय गरिएको कमलामाईका इन्चार्ज महेन्द्रदेव श्रेष्ठले जानकारी दिनुभयो ।

साथै बैठकले समाज बिकास ,र रुपान्तरणको लागि आम कमलामाइ नगरपालिकाका जनप्रतिनिधिलाई दृढतापुर्बक मुलुक र जनताको हितलाइ सर्बपरी हीतमाराखी काम गर्नको लागि निर्देशन गर्ने निर्णय समेत गरेको छ ।

 

Comment here