प्रदेशराजनीतिसमाचार

सिन्धुलीको पार्टी कार्यालयमा ओलि पक्षले लगायो ताला

सिन्धुली, ८ पुष २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सिन्धुलीमाढीमा रहेको पार्टी कार्यालयमा ओलि पक्षले ताला लगाएको छ । राष्ट्रिय युवासंघ नेपाल सिन्धुलीका सह–संयोजक देवराज वाइवा, अनेरास्ववियु सिन्धुलीका अध्यक्ष गोकर्ण भुजेलको नेतृत्वमा गएको टोलीले पार्टी कार्यालयमा ताला लगाएको हो ।

प्रधानमन्त्रि केपि शर्मा ओलीले संसद विघटन पछि मध्यवधि निर्बाचनमा लगेपछि पुष्पकमल दाहाल माधवकुमार नेपाल,  झनाथ खनाल पार्टीबाट अलग भई छुट्टै अध्यक्ष बनाएर गएकाले पार्टी कार्यालयमा ताला लगाई कार्यालय कब्जा गरिएको सह–संयोजक वाईबाले बताउनुभयो ।

राष्ट्रिय युवा संघ नेपाल र अनेरासिन्धुलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यालयमा माधवकुमार नेपाल, प्रचण्ड पक्षका नेता कार्यकर्तालाई पार्टी कार्यालय प्रवेशमा रोक लगाउदै पार्टी कार्यालयमा ताला लगाएको वाइबाले जानकारी दिनुभयो ।

पार्टीको हित विपरित माधवकुमार नेपालले छुट्टै अध्यक्ष भएको स्वघोषणा गरेपछि पार्टी विभाजन भएको भन्दै अध्यक्ष नेपाल पक्षका कार्यकर्तालाई पार्टी कार्यालयमा प्रवेश निषेध गरिएको उहाँको भनाई छ ।

Comment here