प्रदेशराजनीतिसमाचार

संसद विघटन विरुद्ध प्रर्दशन

सिन्धुली, ५ पुष २०७७

सिन्धुलीमाडीमा आइतबार युवाहरुले संघिय संसदको प्रतिनिधि सभा विघटन विरुद्ध विरोध प्रदर्शन गरेका छन् । प्रतिनिधिसभा विघटन विरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

विरोधमा उत्रिएका युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई गैरसंवैधानिक बताएका थिए ।

प्रधानमन्त्री ओलीको सिफारिसमा आइतबार राष्ट्रपतिले संघीय संसद विघटन गरेपछि आफनै पार्टीका युवा-विद्यार्थीले पर्दशन गरेका हुन् । प्रधानमन्त्री ओलीले चालेको कदमको कडा विरोध गरेका थिए ।

Comment here