प्रदेशसमाचार

छत्रमायालाई १०३ बर्षको उमेरमा नागरिकता

सिन्धुली, ३ पुष २०७७

कमलामाई नगरपालिका १३ निवासि १०३ बर्षिया छत्रमाया मगरले आज नागरिकता प्राप्त गर्नु भएको छ । उहाँलाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीले नागरिकता प्रदान गरेको हो ।

सय बर्ष पार गर्दा पनि नागरिकता लिनबाट बञ्चित छत्रमायालाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत भिम बहादुर बस्नेतको बिशेष पहलमा उहाँले नागरिकता प्राप्त गर्नु भएको हो ।

छत्रमायाले हाल सम्म पनि नागरिकता प्राप्त नगर्दा राज्यले नै प्रदान गरेको सेवा सुविधाबाट बञ्चित भएको समाचार आफुले पढेपछि वडा अध्यक्ष किरण माझीलाई आमाको बारेमा यथार्थ बुझ्न आग्रह गरेको थिए  उहाँले भन्नुभयो । उहाँले भन्नुभयो ‘यदि आमाले नागरिकता प्राप्त नगरेको भए, आवश्यक काजपत्र सहित आमालाई जिल्ल प्रशासन कार्यालय सिन्धुलीमा लिएर आउन मैले आग्रह गरेको थिए ।’ वडा अध्यक्ष सहित आफन्तले उहाँलाई लिएर आउनु भयो अनी हामीले नागरिकता प्रदान ग¥यौ ।

अप्ठेरोमा परेका नागरिकलाई उनीहरुको समस्या समाधान गर्न राज्य मात्र हैन आफन्त, समाज र अहिलेका जनप्रतिनिधिको भूमीका महत्वपूर्ण हुने उहाँले बताउनुभयो । यस अगि उहाँले नागरिकता किन प्राप्त गर्नु भएन त्यता  नजाउ सय बर्ष पार गर्दा पनि नागरिकता नपाउनु पीडादायि कुरा हो । सवैले आ–आफ्नो क्षेत्रबाट समन्वय र पहल गरे यस्ता बृद्ध–बृद्धा नागरिकता लिनबाट बञ्चित हुनु पर्दैन उहाँले भन्नुभयो ।

नागरिकता पाएपछि छत्रमायाले  खुसि व्यक्त गर्दै अव आफु नेपालको नागरिक भएको बताउनुभयो । बृद्धा छत्रमायालाई नातामा नाति पर्ने पदमबहादुर रानाले पालन पोषण गर्दै आउनु भएको छ । विं.स. १९७४ साल माघ १५ गते जन्मनु भएकी छत्रमायाले १०३ बर्षको उमेरमा नागरिकता प्राप्त गर्नु भएको हो । नागरिकता नहुँदा राज्यले दिने सेवा सुविधाबाट बञ्चित हुनु भएकी छत्रमायाले अव बृद्ध भत्ता प्राप्त गर्न बाटो खुलेको छ । सरोकार खबरडटकमले मंसिर २२ गते ‘सय बर्ष पार गर्दा पनि छैन नागरिकता’ शिर्षकको समाचार प्रकाशन गरेको थियो ।

सय बर्ष पार गर्दा पनि छैन नागरिकता

Comment here