प्रदेशशिक्षासमाचार

शैक्षिक सुधारमा विद्यालयले गरेका कामको अनुगमन

सिन्धुली, २ पुष /  कमलामाई नगरपालिकामा रहेका तीनवटा विद्यालयमा बुधबार अनुगमन गरिएको छ । कमलामाई नगरपालिका ९ मा रहेको जनजागृती माध्यमिक विद्यालय भिमा, कमलामाई नगरपालिका १३ मा रहेको जनकल्याण आधारभूत विद्यालय मडाहा र कमलामाई नगरपालिका १४ मा रहेको कमला आधारभूत विद्यालय चन्दनपूरमा गनुगमन गरिएको हो ।

प्लान इन्टरनेश्नल नेपालको साझेदारी कमलामाई नगरपालिका सिन्धुलीको समन्वय र मानव तथा राष्ट्रिय विकास समाज (हेण्ड्स) नेपाल सिन्धुलीको आयोजनामा सिकाई परियोजना अन्र्तगत सहयोग गरिएका विद्यालयहरुमा अनुगमन गरिएको हो ।

जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख शंकरराज बर्मा तिवारी, कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटा, कमलामाई नगरपालिकाका नगर शिक्षा अधिकारी शंकरराज लुईटेल, शिक्षा शाखाका शाखा अधिकृत हितकुमारी पौडेल, कमलामाई नगरपालिकाका शिक्षा सहजकर्ता डा.हरिप्रसाद पोख्रेल, हेण्ड्स नेपाल सिन्धुलीका अध्यक्ष बासु अधिकारी लगाएतको टालिले विद्यालयको अनुगमन गरेको हो ।
उक्त विद्यालयहरुमा सिकाई परियोजना अन्र्तगत सहयोग गरिएका प्रारम्भिक कक्षा कोठाको व्यवस्थापन, बालमैत्री बसाई व्यवस्थापन, आर्कषक भित्ते लेखन, बालमैत्री धारा निर्माण, महिनावारी स्वच्छता व्यवस्थापन लगाएतका बारेमा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा विद्यालयहरुले बालमैत्री बसाई व्यवस्थापन गरेको, आर्कषक भित्तेलेखनबाट बालबालीकालाई विद्यालयप्रति आर्कषित गरेका, शैक्षिक सामाग्रिको प्रयोग गरि पठनपाठन गरेको, विगतको तुलनामा सिकाईमा सुधार आएको पाईएको अनुगमन टोलीका प्रमुख शंकरराज बर्मा तिवारीले जानकारी दिए ।

यस्तै विद्यालयले थोरै लगानीमा सामान्य समस्याहरु समाधान गर्न सक्ने भए पनि चासो नदेखाएका, मर्मत संभार नगरेका, दिगो पनामा उचित ध्यान नदिएको, पाईएको अनुगमन टोलील्े जनाएको छ ।

अनुगमनका क्रममा विद्यालयहरुले टोलीलाई विद्यालयलाई प्रविधिमैत्री बनाउन, विद्यालयलाई सुरक्षित बनाउन घेरावेरा गर्न आवश्यक सहयोग गर्न आग्रह गरेको सिकाई परियोजना संयोजक प्रमोद तिमल्सिनाले जानकारी दिए ।

अनुगमन टोलीले सिकाई परियोजना अन्र्तगत सहयोग गरिएका विद्यालयहरुमा सिकाई तथा पठन पाठनमा सहयोग पुगेको, विद्यालय प्रति बालबालिकाको रुचि बढेको, शैक्षिक सामाग्रिका माध्यमले पठाई भएको हुँदा सिकाई परियोजनाले शैक्षिक गुणस्तर बृद्धि गर्न सहयोग गरेको बताएको छ ।

Comment here