प्रदेशशिक्षासमाचार

दुई दिने नेतृत्व विकास तालिम सम्पन्न

सिन्धुली, ३० मंसिर २०७७

सिन्धुलीमाढीमा दुई दिने नेतृत्व विकास सम्बन्धि तालिम सम्पन्न भएको छ । महिला जनप्रतिनिधि तथा विद्यालय व्यवस्थापन समितिका महिला सदस्यहरुलाई नेतृत्व विकास सम्बन्धि तालिम दिईएको हो ।

प्लान इन्टरनेश्नल नेपालको साझेदारी कमलामाई नगरपालिका सिन्धुलीको समन्वय र मानव तथा राष्ट्रिय विकास समाज (हेण्ड्स) नेपाल सिन्धुलीको आयोजनामा सिकाई परियोजना अन्र्तगत कमलामाई नगरपालिकाका विभिन्न विद्यालय व्यवस्थापन समितिका महिला सदस्य तथा जनप्रतिनिधिहरुलाई तालिम दिईएको हो ।

शिक्षामा महिला नेतृत्वको क्षमता अभिबृद्धि गर्न, विद्यालयमा बालमैत्री, लैङ्गिक मैत्री वातावरण सिर्जना गरि शैक्षिक गुणस्तर बृद्धि गर्न सहयोग पुग्ने हेतुले तालिमको आयोजना गरिएको परियोजना संयोजक तिमल्सिनाले जानकारी दिनुभयो ।

सोमबार र मंगलबार भएको तालिममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरुको भूमीका, कर्तव्य, अधिकार बा बारेमा जानकारी गराईएको थियो । बालिकालाई विद्यालयमा टिकाई रहन विद्यालयको भूमीका, बालिकाहरुलाई प्राविधिक शिक्षामा कसरि आर्कषित गर्ने,शैक्षिक गुणस्तर बृद्धि गर्न महिला नेतृत्वको बारेमा समेत सिकाईएको थियो । समितिमा महिलाको सहभागित मात्र हुने, तर महिलाको निर्णय नहुने भएकाले समितिमा रहेका महिलाहरुलाई निर्णय गर्न, सक्रिय भूमीका, निर्णय गर्न सक्ने क्षमताको विकास गराउन मुख्य प्रशिक्षक कुमार पौडेल र नगर शिक्षा अधिकारी शंकर लुईटेलले शहजीकरण गर्नु भएको थियो । प्रारम्भिक उमेरका बालबालीकाहरुको हेरचाह, संरक्षण, लालन पालन तथा सरसफाईका बारेमा अभिभावकको भूमीका महत्वपूर्ण हुनेमा जोड दिईएको थियो ।

Comment here