प्रदेशराजनीतिसमाचार

देशव्यापी नेपाली काँग्रेसको विरोधसभा

सिन्धुली, २९ मंसिर / नेपाली काँग्रेसले सरकारविरुद्ध केन्द्रित हुँदै सोमबार सिन्धुली सहित देशभर विरोधसभा आयोजना गरेको छ । सरकारका काम कारवाही जनहितमा नभएको भन्दै उस्ले विरोधसभा आयोजना गरेका थियो ।

देशमा भ्रष्ट्राचार बढेको आरोप लगाउँदै सो पार्टीका नेता कार्यकर्ताले सरकार विरुद्ध लक्षित सो प्रदर्शनमा भ्रष्टाचार बन्द गर, सीमा नाका खुला गर लगायतका नाराबाजी समेत लगाएका थिए । नाराबाजि सहितको र्यालि पछि कोण सभालाई नेपाली कांग्रेसका नेताहरुले संबोधन गर्दै महंगी बढेको, भ्रष्टाचारको अन्त्य र सुशासन कायम हुन नसकेको, कोरोना भाइरसको रोकथाम र उपचारमा प्रभावकारी काम गर्न नसकेको र आर्थिक समृद्धिको एजेण्डाबाट सरकार विचलित भएको आरोप लगाएका थिए ।

Comment here