प्रदेशबिचार

माघबाट सिन्धुलीको स्वास्थ्य क्षेत्रले ठुलै छलाङ्गमार्छ

केही बर्ष देखि सिन्धुली अस्पतालको सेवा सुविधा विस्तार हुदैँ गएको छ । अस्पतालमा अहिले विभिन्न क्षेत्रका गरी १० जना विशेषज्ञ चिकित्कसहरुबाट सेवा प्रवाह भई रहेको छ । सेवा विस्तारसगै अस्पतालमा विभिन्न प्रविधिहरुको विकास समेत भएको छ । केही बर्ष अगाडी सम्म दैनिक २०/२५को संख्यामा विरामी आउने अस्पतालमा अहिले दुई/तीन सय विरामीहरु आउने गरेका छन । एक जना मेडिकल अधिकृत हुदाँ भगवान नै भेटेको अनुभुक्ति गर्ने सिन्धुलीबासीले अहिले अस्पतालमा २० औँ जना चिकित्सकहरु त्यो पनि समस्या अनुसारको भेट्ने गरेको छन, यस्तो सुधार कसरी सम्भब भयो त ? यसै विषयमा सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोखरेलसँग विदुर पौडेलले गरेको कुराकानी ।

० कोभिड–१९ को महामारीको विचमा अस्पतालको सेवा सुविधालाई कसरी व्यवस्थापन गर्नु भएको छ ?

–यो चाहिँ हामिले के गरेका छौँ भने , यो चाही अलिकत अगाडी जानु पर्छ हामिले चैत्र सवैभन्दा पहिला हामिले यो प्रदेशमा नै तीन बेडको आईसोलेसन वार्ड बनाऔँ । अनि ढोकामा सावुन पानीले हात धुने व्यवस्थापन ग¥यौँ । हामिले त्यहाँ देखि सुरु ग¥यौँ । सुरुको लटमा हामिले ज्वरो आएको मान्छे र अन्य प्रकारका विरामीहरुलाई छुट्टा–छुट्टै स्थानमा चेकजाँच गर्ने ईमरजेन्सि वार्डको व्यस्था मिलायौँ । तर त्यति वेला सम्म सिन्धुली जिल्लामा कोभिडको संक्रमण थिए र तर जब बैशाख हाम्रो यो जिल्लामा तीन जना मानिसमा कोरोना भाईरसको संक्रमण देखियो ,त्यस पछाडी हामिले १४ बेडको आइसोलेसन वेड बनायौँ । तर हाम्रो त्यी वार्डहरु डब्लुएचओको मापदण्ड अनुसार नभएकाले हामिले स्थानीय श्रोत साधनलाई प्रायोग गरेर प्लाष्टिको बार राखेर हामिले सुरक्षित गरेर काम चलायौँ । हामि सँग पुरोनो अस्पताल थियो, हामिले त्यही उपचार गर्नु पर्ने भएकाले अरु विरामीलाई पनि असर नपर्ने गरीे एक दिन पनि एमरजेन्सि सेवा वन्द नगरी अस्पताल संचालन ग¥यौँ । हाम्रो ओपिडी सेवा चाही १०÷१५ दिन वन्द भयो । हामिले गाईनो सेवा कहिले पनि रोकेनौँ । अरु ओपिडी संचालन नभएको अवस्थामा पनि हामिले महिला विशेष गरी गर्भवति महिलालाई चाहिने सम्पूर्ण सेवा संचालन ग¥यौँ । तर त्यति गर्दा पनि कोभिडको संक्रमण त बढ्ने भयो । त्यस पछि मैले पहल गरेर कोभिडको लागी आईसोलेसन वार्डको व्यवस्थापन गर्नु पर्छ भनेर त्यसपछि एपोलो अस्तालमा जुन प्राईभेट अस्पताल हो,वन्द थियो । यहाँका सिडियो साहेव, मेयर साहेव, माननिय ज्यूहरु पत्रकार सवैको पहलमा आइसोलेसन वेड बनायौँ । नगरपालिका, रेडक्रसले सहयोग ग¥यो, मुख्य गरी सिन्धुली अस्पतालले व्यवस्थापन गर्ने गरी यसको संचालन गरियो । मुल खर्च चाहि अस्पतालले व्यवस्थापन गर्ने ग¥यो । राष्ट्रिय तथ्याङ्क हेर्ने हो भने सिन्धुली जिल्लाका चार सय ५४ जना कोभिडका विरामी छन । धेरै मानिसहरु चाहिँ होम आईसोलेसनमा बसे । त्यहाँ हामिले डाक्टरहरुको टिम पनि पठयौँ । सा¥हो गा¥हो परेका मानिसहरुलाई अस्पतालमा ल्यायौँ । एक सय १० जना कोभिडका विरामीहरुलाई चाहि अस्पतालबाट उपचार गरेर निको पारेर घर पठायौँ ।

० आर्थीक व्यवस्थापन चाहि कसरी गर्नु भयो ?

–एक दमै यो चाहिँ जटिल प्रश्न र कुरा हो । कोभिडका विरामीहरुलाई ठ्याक्कै खान वस्नको लागी भनेर सरकारले केही पैसा पठाएको थिएन । अहिले सम्म चाहिँ हामिले अस्पताल व्यवस्थापन समितिबाट खानपान व्यस्थापन गरी रहेका छौँ । पैसा पठाउने , हामि पैसा पठाउछौँ भनेर आश्वासन आई रहेको छ,कोभिडको लागी अरु शिर्षकमा चाहीँ पैसा आएको छ, तर खानाको लागी भनेर आएको छैन । तर त्यो पैसा हामिले समितिबाट तिरेका छौँ । किन भने तिर्नु त पर्छ नै वा प¥यो नै । यति सम्मकी यहाँ कोभिडबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्दा सेनलाई होटलमा राखेको पैसाको पनि विल हामिमा आईपुगेको छ । मैले यो विषयमा सिडियो सापलाई भनेको छु । त्यो ६६ हजार चाहिँ हामिले तिरेका छैनौँ । अहिले चाहिँ अस्पताल चलाउनको लागी एकदमै गा¥हो छ । अहिले पनि मानिसहरु कोभिडको डरले अस्पताल जादैनन । तर अहिले हामिले कोभिडको लागी उपचार गर्ने स्थान छुट्याई सकेका छौँ । अब चाहीँ कोभिडकै कारणले उपचारमा आउनु डराउनु पर्ने अवस्था छैन । हाम्रै अस्पतालका १८ जना कर्मचारी कोरोना संक्रमित भई निको भए । संक्रमित हुनेहरुमा पनि अधिकाशं अस्पतालको एमरजेन्सिमा वस्ने स्वास्थ्यकर्मीहरु रहेका छन । अहिले अव त्यस्तो अत्तिनु पर्ने वा उपचार गर्न कठिन हुने अवस्था छैन । यहाँ पनि दुई जना मानिसहरुको मृत्यु भयो तर कस्ता मानिसहरु भने जुन विरामी भ्यान्टिलेटर र आईसियुमा राखेको विरामी उठाएर ल्याए , यहाँ त्यो सुविधा थिए र बचाउन सकिएन । तर अर्को पक्ष भनेको विराट नगरबाट भ्यान्टिलेटरबाटै उठाएर ल्याएको एक जना विरामीलाई यहाँँ बचाउन सफल भईयो । यति मात्र नभएर यहाँ आएका सेवाग्राहीहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफुले यहाँको सेवा कस्तो छ, चिकित्सकहरुको व्यवहार कस्तो छ भन्दा धेरैले चाहीँ प्रशंसा गरेरै गएका छन । सिन्धुली अस्पतालले कोभिडको उपचारको लागी गर्नु पर्ने कुनै पनि विधि र प्रक्रियाको बारेका कन्जुस्याई गरेको छैन ।

० अस्पतालमा जनशक्तिको अभाव छ ? कोभिड युनिट अस्पताल बनाउनु भएको छ ? जनशक्ति कसरी परिचालन गर्नु हुन्छ ?

–यस्तो छ , जनशक्ति हामिसँग विषय विशेषज्ञ डाक्टर हुनुन्छ । तर हामिले कोभिड अस्पताल अहिले बनाएका छौँ । त्यहाँ ढिलोमा पुस एक गते देखि आईसियू,एचडियु सुविधा संचालन गछौँ, तर हामि चाहिँ कोभिडको लागी आएको पैसाले भर्ना गरेको जम्मा ८ जना स्टाफनर्स एक जना असिष्टेण्ड सहायक , ल्याव,फार्मेसीका केही, एक एमओ पनि भर्ना गरेका छौँ । तर अहिले हामिलाई त्यहाँ आईसियु संचालन गर्नको लागी कम्तिमा एमो चाहिँ क्या तल्लो स्तरको कर्मचारी अभाव छ , विशेषज्ञ डाक्टरहरु चाहीँ बरु १० जना हुनुन्छ अहिले अस्पतालमा । तर जो चाहिने जनशक्ति जुन ट्रेन जनशक्ति जसले आईसियू संचालन गर्न सक्छ,एचडियू संचालन गर्ने जनशक्ति चाहि अभाव छ, यो विषयमा मन्त्रालयमा पनि जानकारी गराएको छु । अब सचिव ज्यू पनि आएर हेर्नु भयो, यो विषयमा उहाँ पनि जानकार हुनुन्छ । मन्त्री ज्यूपनि यो विषयमा जानकार हुनुन्छ । अव मानिसहरुलाई अर्को कुरा पनि के भई रहेको छ भने यहाँ आईसियू चलेन चलेन भन्ने , यो संचालन गर्नको लागी धेरै फ्याक्टरहरुले काम गर्छ । मूल कुरो त हामि अक्सिजन प्लान्ट बनाउदौँ छौँ । भोलि पर्सि देखि भवन पनि बनाउन सुरु गछौँ । यसको भित्रि प्लाष्ट सवै सकि सकेका छौँ । जुन तामाको पाईपबाट अक्सिजनको वाईरिङ्क गर्नु पर्ने त्यो सकि सकेका छौँ । मात्र अव अक्सिजन प्लाट राखेर सवै बेडमा अक्सिजन पुग्ने गरी प्लान गरेका छौँ । मलाई लाग्छ माघ महिना देखि सिन्धुली जिल्लाको स्वास्थ्य क्षेत्रमा एउटा ठुलै क्रान्ति हुन्छ । यो महिला समय सिमा तोके,यो हुन्छ नै । किन भने हामि आखाँको उपचार यही गर्ने गरी तयारी सुरुगरेका छौँ । एमडि आउनु भएको छ । दाँतको उपचार पद्धत्तीलाई अझ व्यवस्थित गदौँ छौँ,एक जना एमडि सहित तीन जना डाक्टरहरु अस्पतालमा आएका छन । मलाई लाग्छ अब यहाँ सर्जन पनि आएपछि र एउटा ल्याप्रोसकोपि मेसिन पनि ल्याएपछि जिल्लामा धेरै रोगको उपचार गर्न सकिन्छ । प्वाल पारेर गरिने अप्रेसन विधि पनि यहाँ जडान गदैँ छौँ । माघ देखि सिन्धुली जिल्लाको ईतिहासमा स्वास्थ्य क्षेत्रमा ठुलो परिवर्तन आउछ । सामान्य मान्छेहरु रिफर हुनु नपर्ने अवस्था वन्छ । सर्जन नै बसेपछि एपेन्डिक्स, हर्निया, पत्थरीको अप्रेसन यही हुन्छ । अहिले एनेस्थेसिया लोजिष्ट पनि यहाँ छन । माघ देखि अहिलेको सेवा भन्दा डब्बल सेवा अस्पतालबाट प्रवाह गछौँ । अर्को कुरा के भनौँ भने अर्को सुःखद पक्ष भनेको अहिले दैनिक हार्डजोर्नीको दैनिक ४÷५ वटा अप्रेसन यहाँ हुन्छ । डेलिभरी पनि सिएस भइरहेकै छ । अहिले सवैलाई थाहा छ अस्पतालको भवन भत्कदै छ । अब हामिले ओपिडी निर्माण गर्नु पर्ने छ । अहिले तपाई जानु भयो भने भर्ना गर्नका लागी हामि सँग बेड कमछन, यो माघ देखि हामिसँग प्रयाप्त मात्रामा बेडहरु हुन्छन । भेन्टिलेटर,आईसियु, एचडियु, चलाउछौँ, त्यतिवेला सम्म जनशक्तिको पनि व्यवस्थापन हुन्छ । यसको व्यवस्थापनको लागी अस्पतालको टिम,यहाँका माननियहरु लागि रहनु भएको छ , यहाँको मेयरसाहेव लागि रहनु भएको छ,नेपाली काग्रेसका सभापति पनि एकदम चासोका साथ लागि रहनु भएको छ । यस अस्पतालाई आफु अध्यक्ष भएर अईसकेपछि सवैका साझा सवैले अपनत्व गर्ने गरी विकास गरेको छु । महिले कुनै पनि कर्मचारी भर्ना गर्दा पाटिगत रुपमा गएको छैन । क्षमताको आधारमा भर्ना गरेका छौँ । मैले यति भनि रहदाँ अस्पतालको अझै धेरै कमजोरीहरु छन तर अव गुनासो नै गरिहाल्नु पर्ने,हिजोकै अवस्थामा चाहिँ सिन्धुली अस्पताल छैन ।

० अस्पताल प्रविधि मैत्रि हुनु पर्छ, सिन्धुली अस्पतालको अवस्था चाहिँ के छ, तपाईले के गर्नु भयो ?

–तपाईले अहिले भन्नु भयो , ईतिहासमै पहिलो पटक जिल्लामा छालाको डाक्टर, एनेसथेलियालोजिष्टको अनुहारै देख्न पाएको छैन, उहाँ पनि आउनु भएको छ ।जो बेहोस गर्नकाले लागी , जुन क्रिटिकल क्यर , जुन भ्यान्टिलेटर म्यानेजमेन्टमा उहाँको अहम भुमिका हुन्छ । अव अस्पतालमा यो महिना भित्रमा सर्जन डाक्टर पनि आउदै हुनुन्छ । हामि कहाँ साईकाटिक्स पनि छ । तपाई हामि सवैलाई थाहा छ, सिन्धुली जिल्लामा धेरै मानिसहरु आत्माहत्याको श्रङखला पनि बढी रहेको छ । यो कोरोना भाईरसको कारण पनि मानसिक असर पारेको छ ,त्यो हुनुले उहाँको आवश्यत्ता जिल्लामा उत्तिकै छ । हामिलाई अहिले जुनियर कर्मचारीहरु अभाव छ, अस्पतालमा ५ जना एचए को दरवन्दी भएको स्थानमा २ जना कार्यरत रहेका छन । पाँच जना अनमी को दरवन्दीमा एक जना मात्र अहिले कार्यरत छन,स्टाफ नर्समा पनि त्यस्तै अवस्था छ । जो मान्छे नियमित्त अस्पतालको मेरुदण्ड हुन,हातहरु हुन यीनिहरुले काम गर्ने हुन । डाक्टर दिमाग हुन भने अन्य सवै शरिरका एक अभिन्न अंगहुन सवैले काम गर्नु पर्छ, नभए जति विशेषज्ञ भएपनि उपचार पद्धतीलाई व्यवस्थापन गर्न कठिन छ । अहिले सिन्धुली अस्पतालमा कर्मचारी नै छैनन भनेर भन्न चाहिँ मिल्दैन , तर त्यो लेभलका कर्मचारीको चाहिँ अभाव छ । अहिले अस्पतालको सवै कर्मचारीको विवरण हेर्ने हो भने एक सय ४० जनाको हाराहारीमा हुनुन्छ । तर जो काम गर्नु पर्ने त्यो जनशक्ति चाहिँ कमी छ । अहिले हामिले बच्चाको एनआईसियू संचालन गरेका छौँ,त्यो टिम अभाव छ । अब हाम्रो तीन चारवटा ओटि चल्छ,आँखाको पनि ओटि चल्छ, सर्जन, अर्थो र गाईनोको पनि ओटि चल्छ, ती मेनेज भयो, अब हाम्रो सय वेडको अवधारणा अनुसार हाम्रा कर्मचारी आएभने चाँही सिन्धुली जिल्ला मात्र हैन , रामेछाप,ओखलढुङ्गा , धनुषा, महोत्तरी, सर्लाहीका विरामी पनि यहाँ आउछन । यहाँको हावापानि पनि तराई र हिमालको भन्दा राम्रो छ । यहाँ गर्मिपनि हैन, चिसो पनि हैन मध्यम खालको हावा पानि छ । अहिले सिन्धुलीमा धेरै आवाज उठेको विषय भनेको एक्सिडेण्ड केसहरु धेरै भएका छन ,त्यो हुनाले यसलाई मिनि ट्रामाको रुपमा अगाडी बढाउनुपर्छ है सिन्धुली अस्पतालमा पनि भन्ने माग बढ्ेको छ । यी आवाजहरुलाई हामिले प्रदेश सरकार, संघिय सरकार समक्ष पु¥याएका छाँै । मलाई लाग्छ यहाँ हाम्रो संघिय सरकारका स्वास्थ्य मन्त्री पनि आउदैँ हुनुन्छ । भवन शिलान्यास गर्नका लागी त्यति खेर चाँँही हाम्रा केही मागहरु उहाँले सम्बोधन गरिदिनु भयो भनेत्यो पनि भयो । अहिले सम्म हामिले डाक्टरहरुलाई उपकरण दिन सकेनौँ , प्रविधिमैत्रि बनाउन सकेनौँ भने हिजोको परम्परागत ढंगका उपकरणले अहिलेका हाम्रा स्वास्थ्य क्षेत्रहरु धान्न सक्दैनन । त्यही हुनाले हिजो हामिले चिरेर अप्रेसन गर्नु पथ्र्यो भने अहिले प्वाल पारेर अप्रेसन गर्ने विधि भित्रयाउने तयारीमा । त्यो मेसिलाई धेर पर्दो रहेनछ । मान्छेले गफ गरे जर्मन कम्पनिको कै मेसिन ४० लाख रुपैयामा आउने रहेछ । त्यो प्रस्ताव अहिले हामिले बनाएका छाँै, त्यो प्रस्ताव एकदम चाडै पठाउनका लागी प्रदेश सरकार पठाउदौँ छौँ । अब ड्रिल मेसिन ७ लाख रुपैया पर्ने रहेछ, जुन मेसिनले हड्डिहरु भाच्चिएको ठाउँमा त्यसले प्वाल पारेर स्कृपहरु राख्ने काम हुन्छ । आँखाको सेटप गर्नका लागी कम्तिमा पनि २५÷३० लाख रुपैया लाग्ने रहेछ, त्यसका लागी हामिले एउटा संस्थासँग कुरा गरी रहेका छौँ । अहिले त्यो संस्थाको विषयमा नाम महिला उहाँहरुको आग्रहमा सार्वजनिक गरिन, केही पैसा नगरपालिकामा पनि छ, नगरप्रमुख यस विषयमा सकारात्मक हुनुन्छ । उहाँले लेखेर दिनुस आवश्यक सामाग्रीहरु सहयोग गर्छु भन्नु भएको छ। अब हामिले अर्को के कुरालाई जोड्नु पर्छ भने ल्यावलाई पनि व्यवस्थित गर्नु पर्छ, सवभन्दा अहिले चाहिँ ल्याव व्यवस्थित भएर ल्यावले राम्रो रिपोर्ट दिएर भने डाक्टरहरुले राम्रो उपचार गर्न सक्दैनन र गर्दैनन । त्यही भएर अहिले मेरो ध्यान एकदमै ल्यावमा केन्द्रित भएको छ । यति मात्र नभए र यहाँका सवै सरोकारवाला निकायले सहयोग गर्ने हो भने एक करोड पर्ने डाईलोसिस मेसिन ल्याएर यहाँका मृगौला पिडितहरुलाई उपचार गर्न सकिन्छ । अहिले हामि सँग त्यो राख्न सक्ने क्षमता भएका छ तर भवन अभावका कारण त्यो सम्भव देखिएको छैन । त्यही पनि एक पटक सर्वपक्षिय , सर्वदलिय भेला राखेर सल्लाह गर्ने तयारी गरेको छु ।यो सहयोग भयो भने यो प्रविधि पनि भित्रयाउन सकिन्छ । म अस्पताल व्यवस्थापन समितिको अध्यक्ष रहेर काम गर्नको लागी दुई वर्ष बाँकी छ ,दुई बर्षमा मैले माथि उल्लेख गरेका कुराहरु पुरा गरेर विदा हुन्छु । स्वास्थ्य क्षेत्रमा केही परिवर्तनको संकेत चाही सिन्धुली अस्पतालले देखाउन थालेको छ । म त एउटा पुलको काम गरि रहेको छ । अन्य सवै जस सिन्धुली बासीले गर्ने हो ।

० सरकारी अस्पतालमा कर्मचारीतन्त्र हाबी हुन्छ भन्छन नी के छ सिन्धुली अस्पतालमा ?

–सिन्धुली अस्पतालमा चाँही कर्मचारी हावि भएका छैनन, बरु मेरै व्यवस्थापकिय पक्ष कमजोर भएको हुन सक्छ । धेरै ठाउँमा मेरो नजर नपुगेको हुन सक्छ । अहिले हाम्रो कर्मचारीहरु धेरै कार्यबोझ भो भन्न थालेका छन । जो प्रशासनिक कर्मचारी हुनुन्छ, जो ईमरजेन्सिका कर्मचारी हुनुन्छ, उहाँहरु चाहि कार्यबोज बढी भो, बरु यो भन्दा पिएसी मा सर्ने पाए हुन्थयो, बरु यो भन्दा अन्त सर्न पाए हुन्थ्यो, भन्ने किसिमको चाँही छ ? कर्मचारीहरुले सहयोग गरेकै छन । कर्मचारी तन्त्रको पुरानो संरचना छ, तर अन्यत्र पनि समन्वय गर्नु पर्ने हुन्छ, त्यसले केही समस्या त होला तर अस्पतालकै कर्मचारीबाट त्यस्तो समस्या छैन, प्रक्रियागत केही कमजोरी त हाम्रा होलान तर अरु त्यस्तो समस्या छैन । अहिले सवैको चासोको क्षेत्र स्वास्थ्य क्षेत्र भएकाले अहिले जुन ७ प्रतिशत बजेट छ यसलाई बढाएर १० प्रतिशत पु¥याउनु आवश्यक छ । म तपाईहरु मार्फत के भन्छु भने साच्चै बाँकी ३ पेजमा . सरकारी अस्पताललाई जनता मैत्रि बनाउने गरिब मैत्रि बनाउने हो भने जुन तलब स्केल स्वास्थ्यका कर्मचारीहरुलाई दिएको छ, यसलाई दोव्बर गर्नु पर्छ । अहिलेको तलबमा उनीहरुले काम गरेनन भन्नु दुःखद पक्ष हो । सुविधाको तुलनामा काम चाही बढी नै हो । राज्यले हामि सँग माग गरोसन सिन्धुली अस्पताललाई के चाहिएको छ, कसरी लैजाने भन्ने कुरा माथिबाट लाद्ने हैन, यहाँको आवश्यत्ता अुनसार हामिले प्लान ग¥यौ भने मलाई लाग्छ दुई बर्ष भित्रमा नीजि क्षेत्रका अस्पतालहरु सुक्छन । चल्दै चल्दैनन, प्राईभेट क्लिनिकहरु सवै सुक्छन ।

० अन्तमा सिन्धुलीनिवासीलाई केही भन्नु छ ?

–सिन्धुलनिवासीलाई मेरो आग्रह के छ भने, रोग लुकाएर नबसौँ , अहिले कोभिड सँग हामि लुकामारी गरी स्वास्थ्य मापदण्ड अपनाएर भएपनि तपाईहरुको रोगसँग सहगोगि बनेका छौ । कोभिडका कारण अहिले गर्भवति महिलाहरुमा बढी समस्या देखिएको छ , जस्तो चिकित्सकहरुको भनाई अनुसार गर्भमा पानी सुक्ने, गर्भअवस्थामा चारपटक जाँच गराउनु पर्ने अवस्थालाई पालना गर्न सकेका छैनन । बच्चाहरुले पाउनु पर्ने खोप सुविधा समेत नलगाउने जस्ता गतिविधिहरु गरेको पाईन्यो, यो दुःखद पक्ष हो । जसले गर्दा बच्चाहरु लुलो ,अपाङ्ग हुने जस्ता समस्या देखिन थालेका छन, यसो नगराँै , स्वास्थ्य मापदण्ड अपनाए उपचार पद्धतीमा जोडिऔ भन्ने नै हो । जुन अस्पतालको औषधी गुणस्तरिय हुदैनन भन्ने छ ,यो भ्रम मात्र हो , यहाँ बाट वितरण हुने निशुल्क औषधी अन्य कही पनि पाईने औषधी भन्दा कम गुणस्तरको छैन , राज्यले दिएको सुविधाको उपभोग गरौँ । अस्पतालको कुनै पनि कमजोरी भए हामिलाई भन्नुस , अस्पतालको कहाँ निर कमजोरी छ, व्यवस्थापन पक्षलाई भन्नुस र राम्रो कुरा बाहिर भन्नुस जसले गर्दा अस्पतालको सुधारमा सहयोग पुग्छ ।

 

Comment here