प्रदेशसमाचार

सिन्धुलीमा प्रहरीले रोक्यो दुई वटा बालविवाह : संलग्न १२ जना पक्राउ

सिन्धुली, २८ मंसिर २०७७

जिल्लाको सुनकोशि गाउँपालिका वडा नं. ४ भोर्लेनीमा बालविवाहमा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाल बिबाह हुदै गरेको भन्ने सुचनाको अधारमा उनीहरुलाई मंसिर २६ गते शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

भोर्लेनीमा बाल विवाह हुदै गरेको सूचना पाएपछि प्रहरी चौकी रातामाटाबाट गएको प्रहरी टोलीले बाल बिबाह सम्लगन ०९ नौ जना लाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

साथै शुक्रबार सुनकोशी गाउँपालिका वडा नं. ३ मा बाल बिबाहमा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुबै बाल बिबाहमा सम्लगन रहेको ब्यक्तीहरुलाई मिति आइतबार सिन्धुली जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Comment here