प्रदेशराजनीतिसमाचार

बुद्धचोक देखी जिर्गा खण्ड पक्कि गर्न शिलान्यास

सिन्धुली, २८ मंसिर २०७७

सिन्धुलीमाढी–भिमस्थान–चकमके–उदयपुर–कटारी सडकको पहिलो खण्ड बुद्धचोक देखी जिर्गा खण्ड पक्कि गर्न आइतबार शिलान्यास गरिएको छ । उक्त सडकको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले कमलामाई नगरपालिका ७ गडौलीमा शिलान्यास गरेका हुन् ।

मन्त्री फुयालले सडक निर्माणको सम्झौता अनुसार समयमा निर्माण सम्पन्न गर्न र निर्माण सामाग्रि गुणस्तरहिन भएको पाइएमा बजेट रोक्का गरिने समेत चेतावनी दिनुभयो ।

बुद्धचोकबाट जिर्गा सम्मको सडक जम्मा १४ किलोमटर ५६० मिटर रहेको छ । सडक १२ मिटर चौडाईको हुनेछ भने ७ मिटर पिच गरिने छ । ३४ करोड, ४० लाख ५८ हजार ७५७ रूपियाँ २०७९ असार मसान्त सम्म उक्त सडक निर्माण सम्पन्न गर्नुपर्नेछ ।

कमलामाई नगरपालिकाका मेयर खड्गबहादुरको अध्यक्षतामा भएको शिलान्यास समारोहमा बागमति प्रदेश सभा सदस्य लेखनाथ दाहाल, विनोद खड्का, बुद्धिमान माझी, जिल्ला समन्वय समिति प्रमुख शंकरराज बर्मा तिवारी, कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटा, नेकपाका केन्द्रिय सदस्य उमा कोइरालाले सडकको स्तरोन्नती समयमा नै सम्पन्न गर्न र गुणस्तरीय बनाउन आग्रह गरेका थिए ।

Comment here