प्रदेशबागमतिसमाचार

६६ जनाको मोतिविन्दुको निशुल्क अप्रेशन

सिन्धुली, २८ मंसिर २०७७

कमलामाई नगरपालिकाको सहयोग, जानकी आँखा अस्पतालको प्राविधिक सहयोगमा मोतिविन्दु भएका ६६ जनाको निशुल्क आँखा अप्रेशन गरिएको छ । नेपाल रेडक्रस सोसाईटि सिन्धुलीको आयोजनामा सामुदायिक आँखा उपचार केन्द्र सिन्धुलीमा मोतिविन्दुको निशुल्क अप्रेशन गरिएको हो ।

कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले कमलामाई नगरपालिकाले विगतका बर्ष झै आगामि बर्ष पनि मोतिविन्दुको अप्रेशन गर्न आवश्यक सहयोग गर्ने बताउनुभयो । आर्थिक अभावमा आँखा नदेख्ने नगरबासिलाई आफुले निशुल्क उपचार गर्ने उहाँको भनाई रहेको छ । आफ्नो कार्यकाल सकिएपछि पनि कमलामाई नगरपालिकाले यस कार्यक्रमलाई निरन्तरता दिनु पर्ने उहाँको भनाई छ । यस कार्यक्रमलाई निरन्तरता नदिए विपन्न वर्गहरुको मोतिविन्दुको अप्रेसन आफुले गरिदिने समेत घोषणा गर्नुभएको छ ।

कमलामाई नगरपालिकाले विगत चार बर्ष देखी मोति विन्दुको उपचामा आर्थिक सहयोग गर्दै आएको नेपाल रेडक्रस सोसाईटि सिन्धुलीका सभापति अषोक श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिकाको सहयोगले धेरै जिल्लाबासिले आँखा देख्न पाएको उहाँको भनाई रहेको छ ।

Comment here