प्रदेशसमाचारसहकारी

नमुनाको अध्यक्षमा पुन खडानन्द चयन

सिन्धुली, २७ मंसिर २०७७

नमुना वहुउद्धेशीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः खडानन्द तिमल्सिना चयन हुनु भएको छ । शनिबार कमलामाई नगरपालिका १ मझिनीदमारमा आयोजित सहकारीको तेश्रो अधिवेसन बाट उहाँ सहित ९ सदसिय सञ्चालक समिति सर्वसहमति प्रक्रियाबाट चयन गरेको हो ।

जसमा उपाध्यक्षमा साइतवीर माझी, चिन ध्वज वम्जन, सचिवमा सिताराम पहाडी, कोषाध्यक्षमा अमरेशचन्द्र वैदार, सह–सचिवमा लालकाजी श्रेष्ठलाई चयन गरेको छ । साथै अधिबेसनले विन्दा चौलागाई, सुवासना श्रेष्ठ, प्रेमनाथ मैनालीलाई संचालक सदस्यमा चयन गरेको छ ।

यस्तै अधिबेसनले लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा अशोककुमार वस्नेत, सदस्यहरुमा अग्रीम अधिकारी र राम प्रसाद दाहाललाई चयन गरेको छ ।

सहकारीका अध्ययक्ष खडानन्द तिमल्सिनाको अध्यक्षता, राष्ट्रिय सहकारी महासंंघ नेपालकी लेखा तथा सुपरिवेक्षण समिति सदस्य वालकुमारी श्रेष्ठको प्रमुख आतित्थ्यतामा भएको सातौं बार्षिक साधारण सभामा सहकारीका कोषाध्यक्ष मोहनवहादुर श्रेष्ठले आर्थिक बर्ष २०७६÷०७७ मा १९ लाख १८ हजार २ सय ८३ संचालन मुनाफा आर्जन गर्न सफल भएको जानकारी गराउनु भएको थियो । यस वर्ष सदस्यहरुलाई १८ प्रतिशतका दरले शेयर लाभाम्स वितरण गर्ने प्रस्ताव पेश पेस गर्नु भएको थियो । सिन्धुलीको कमलामाई नगरपालिका र मरिण गाउँपालिकामा १९०२ शेयर सदस्यहरुलाई निरन्तर वित्तिय पहुँच दिलाई रहेको संस्थाको कुल कारोवार ८ करोड ३५ लाख ६९ हजार ५ सय १८ भएको सहकारीले जनाएको छ ।

Comment here