प्रदेशशिक्षासमाचार

विद्यालयको भवन उद्घाटन नहुँदै ट्याङ्कि कुचियो

सिन्धुली, २६ मंसिर २०७७

कपिलाकोट माध्यमिक विद्यालय महेश्वताको भवन उद्घाटन नगर्दै खानेपानीको ट्याङकी लड्यो र कुचियो । बिहीबार विद्यालयको नवनिर्मित २१ कोठे भवन उद्घाटन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले प्रमुख अतिथिको आसनग्रहण मात्र गर्नु भएको थियो । त्यस पछि गर्ल्याम केही ढलेको आवज आयो, अनि पानी झरेको आवाज सुनियो । तर त्यस आवाजलाई कसैले पनि चासो दिएनन् र कार्यक्रम सञ्चालकले कार्यक्रमलाई अघि बढाई रहे ।

कन्टेक लुम्बीनी जेभीले ठेक्का पारी निर्माण गरेको भवन कुल ११ करोड ६६ लाख ७३ हजार ४३५ रुपैयाँको लागतमा २१ वटा कक्षा कोठा, १५ वटा कोठा ३० जनाका लागि होस्टेल ब्लक, १ वटा क्यानटिन, दुई वटा शौचालय ब्लक र होस्टेल शौचालय निर्माण गरेको थियो । क्यान्टिकको छतमा राखेको स्ट्याण्ड भाचियो पन्चकन्या लेखिएको ट्याङ्कि पनि कुचियो एक स्थानीयले नाम नबताउने सर्तमा भने ‘उद्घाटन अघि नै ट्याङ्की लड्नु त राम्रो संकेत हैन ।’

सम्झौता अनुसार विद्यालय निर्माण सम्पन्न भएको छैन उनले भने ‘यहाँको विद्यालय कस्ले उद्घाटन गर्ने भन्ने विवाद थियो, पारिको विद्यालय तामझमका साथ उद्घाटन गरे, यो विद्यालय उद्घाटन बारे धेरैलाई थाहा छैन् ।’

संरचना त गतिला बनेका छन् तर गुणस्तर छ छैन कस्ले हेर्ने उनले भने अव विद्यालय उद्घाटन गरेर निर्माण गर्नेलाई भगाउने काम सुरु भएको छ ।

Comment here